National life

अनियमित खर्च बढ्दै, बेरुजु साढे सात खर्ब पार

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०१ जेठ २०८३, शुक्रबार
1.7kShares
अनियमित खर्च बढ्दै, बेरुजु साढे सात खर्ब पार
ncell

काठमाडौं । देशको कुल बेरुजु रकम ७ खर्ब ५५ अर्ब रुपैयाँभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ।

महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा बेरुजु साढे सात खर्ब रुपैयाँ नाघेको हो।

महालेखा परीक्षक तोयम रायाले जानकारी दिएअनुसार चालु वर्षमा करिब ९४ अर्ब ८४ करोड ४० लाख रुपैयाँ बराबरको लेखा परीक्षण सम्पन्न गरिएको छ। तर, विभिन्न कारणले केही निकायहरूको लेखा परीक्षण हुन सकेन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भदौ २३ र २४ गते भएका आन्दोलन तथा त्यससँग सम्बन्धित घटनाका कारण १ सय ७९ कार्यालयले आवश्यक कागजात पेश नगर्दा करिब १ खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ बराबरको रकम परीक्षण बाहिरै रहेको प्रतिवेदनमा उल्लेख छ।

कानुनअनुसार पालना गर्नुपर्ने प्रक्रिया नअपनाई गरिएको खर्च, अभिलेख नराखिएको वा अनियमित तथा अनुचित तरिकाले गरिएको आर्थिक कारोबारलाई बेरुजुका रूपमा समावेश गरिने बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?