National life

अन्तिम चरणको आन्दोलनको लागि तयार रहन राहत शिक्षकहरूलाई सर्कुलर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२० असार २०८०, बुधबार
971Shares
अन्तिम चरणको आन्दोलनको लागि तयार रहन राहत शिक्षकहरूलाई सर्कुलर
ncell

काठमाडौँ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले मन्त्रिपरिषद्मार्फत संसद्मा पेश हुन लागेको ऐनमा आफुहरूका माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएकाे छ । समितिले आफुहरूले उठान गरेका माग सम्बोधन नभए आन्दोलनका लागि तयारी अवस्थामा रहन देशभरका राहत शिक्षकहरूलाई सर्कुलर जारी गरेकाे हाे ।

अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईले जारी गर्दै राहत शिक्षकहरूले संघीय शिक्षा ऐनमा आफ्ना मागहरू सम्बोधन नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । विगतमा पटक–पटक आन्दोलन गर्दै आएको स्मरण गराउँदै अब पनि माग पुरा नभएको खण्डमा अन्तिम चरणको आन्दोलनको लागि तयार रहन भनेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पाइपलाईनमा रहेको शिक्षा ऐनको मस्यौदा अर्थ मन्त्रालय र कानुन मन्त्रालयले सहमती दिएर हाल मन्त्रिपरिषदमा पेश हुने तयारीमा छ । शिक्षा ऐनको मस्यौदामा आफुहरूले उठाएका मागहरूका विषय, विभिन्न समयमा भएका सम्झौता र सहमती विपरित शिक्षा मन्त्रालय एकलौटी ढंगले पञ्चायती शैलीमा सम्बन्धित सरोकारवाल निकायहरुसँग छलफल नगरि अगाडी बढ्ने संकेत देखिएकोप्रति उनीहरूले आपत्ति जनाएका छन् ।

rahat-teacher (2)

 

यो समाचार शेयर गर्नुहोस्
971SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?