National life
cg eloctronics

अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा, चैत २५ देखि नयाँ दर्ता अनलाइनबाटै

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०२ चैत २०८२, सोमबार
2.1kShares
अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा, चैत २५ देखि नयाँ दर्ता अनलाइनबाटै
muktinatha bikash bank

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमलाई थप व्यवस्थित बनाउने लक्ष्यसहित राष्ट्रिय परिचयपत्र प्रणालीसँग सहकार्य सुरू गरेको छ । अब नागरिकले छुट्टै स्वास्थ्य बिमा कार्ड बोक्नुपर्ने झन्झट अन्त्य गर्दै राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा स्वास्थ्य बिमाको सुविधा दिने तयारी थालिएको हो ।

राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बिमा प्रणालीमा आबद्ध गर्ने गरी स्वास्थ्य बिमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सम्झौता पत्रमा विभागका महानिर्देशक नमराज घिमिरे र बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतासँगै बोर्डले आगामी चैत २५ गते पर्ने ‘स्वास्थ्य बिमा दिवस’ को अवसर पारेर स्वास्थ्य बिमाको नयाँ दर्ता प्रक्रिया समेत अनलाइनमार्फत नै सुरु गर्ने गृहकार्य गरिरहेको छ ।

अहिलेसम्म स्वास्थ्य बिमाको नवीकरण मात्र अनलाइनबाट हुँदै आएकोमा अब भने नयाँ बीमितले दर्ताका लागि पनि अनलाइनबाटै सुविधा पाउनेछन् ।

everest bank

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार नयाँ प्रणाली लागु भएपछि नागरिकले स्वयं अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुने सुविधा पाउनेछन् ।

‘अब स्वास्थ्य बिमाको छुट्टै कार्डको सट्टा नागरिकको राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा सेवा दिने प्रणालीतर्फ जाने तयारी भइरहेको छ,’ मल्लले भने ।

एनआईडी प्रणालीसँग जोडिएपछि स्वास्थ्य बिमा सम्बन्धी हाल देखिएका धेरै समस्या समाधान हुने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?