National life

अबदेखि वैदेशिक रोजगारमा जाने कामदारले जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१७ चैत २०८२, मङ्गलबार
1.9kShares
अबदेखि वैदेशिक रोजगारमा जाने कामदारले जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने
ncell

काठमाडौँ। वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारहरूले अब स्वास्थ्य परीक्षण सरकारी स्वीकृति प्राप्त जुनसुकै अस्पतालबाट गराउन सक्ने भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस्तो व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

मन्त्री दिपककुमार साहको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिस्तरीय बैठकले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाहरूका लागि सूचीकरण प्रक्रिया खुला गर्ने निर्णय गरेको छ। साथै, स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ को दफा ३ अनुसार आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल मेडिकल व्यवसायी सङ्घका महासचिव कृष्णप्रसाद बजगाईंले सरकारको यो कदम सकारात्मक भए पनि निजी क्षेत्रका स्वास्थ्य संस्था र व्यवसायीको उचित व्यवस्थापन आवश्यक रहेको बताएका छन्।

हाल श्रम मन्त्रालयले तोकेको मापदण्ड पूरा गरी १९४ स्वास्थ्य संस्थाले नवीकरण गरिसकेका छन्, र यिनै संस्थाबाट हालसम्म वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण हुँदै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?