National life

अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर तलब नपाएपछि आन्दोलित

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१८ चैत २०८२, बुधबार
635Shares
अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर तलब नपाएपछि आन्दोलित
ncell

काठमाडौँ। निर्माणधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहमा मजदुरहरूले काम ठप्प पारेका छन्। करिब एक हजार पाँच सय मजदुरले छ महिनादेखि तलब नपाएको गुनासो गर्दै बुधबार बिहानैदेखि काम रोकेका हुन्।

विद्युत् गृह स्थल चिचिला गाउँपालिका—२, पुखुवामा सञ्चालन भइरहेको यस आयोजनामा भारतीय निर्माण कम्पनी पटेल इन्जिनियरिङ कम्पनीले काम गरिरहेको छ। मजदुरहरूले बताएअनुसार, कम्पनीले समयमा तलब भुक्तानी नगरेकाले उनीहरू असन्तुष्ट भएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले पनि मजदुरले समयमै तलब पाउनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेको पुष्टि गरेकी छन्। यसअघि पनि मजदुरले प्रशासन कार्यालयमा निवेदन पेश गरेका थिए र सम्बन्धित कम्पनीलाई जानकारी गराइएको थियो।

अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ। आयोजनाको ड्याम र विद्युत् गृह स्थलमा ३ हजारभन्दा बढी नेपाली र भारतीय कामदार संलग्न छन्। पाँच वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको यस प्रोजेक्टको अनुमानित लागत १ खर्ब २० अर्ब रुपैयाँ छ।

यो समाचार शेयर गर्नुहोस्
635SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?