National life
cg eloctronics

अलिबाबाको नयाँ एआई मोडल सार्वजनिक, अन्तराष्ट्रिय तथा घरेलु प्रतिस्पर्धिहरु आत्तिए

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ माघ २०८१, बिहिबार
1.1kShares
अलिबाबाको नयाँ एआई मोडल सार्वजनिक, अन्तराष्ट्रिय तथा घरेलु प्रतिस्पर्धिहरु आत्तिए
muktinatha bikash bank

काठमाडौं। चिनियाँ टेक कम्पनी अलिबाबाले आफ्नो क्यूवेन २.५ एआई मोडलको नयाँ भर्जन सार्वजनिक गरेको छ । कम्पनीले यो मोडल बुधबार सार्वजनिक गर्दै अहिले निकै चर्चा भईरहेको डिपसिक–भिथ्रिलाई उछिन्ने दाबी गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीले यो नयाँ मोडल चिनियाँ नयाँ वर्षको अवसरमा सार्वजनिक गरेको हो । चिनियाँ एआई स्टार्टअप डिपसिकले विगत तीन सातादेखि घरेलु मात्रै नभई अन्तराष्ट्रिय बजारमा समेत चर्चा बटुलिरहेको छ । जसका कारण अन्तराष्ट्रिय तथा घरेलु प्रतिस्पर्धिहरु आत्तिएका छन् ।

अलिबाबाले आफ्नो नयाँ मोडलले बोर्ड जीपीटी–४ ओ,डिपसिक–भीथ्रि र एललामा ३.१–४०५बी लाई पछि पार्ने जनाएको छ ।

everest bank

गत जनवरी १० मा रिलिज भएको डिपसिक–भीथ्रिबाट पावर्ड डिपसिकको एआई असिस्टेन्ट र जनवरी २०मा रिलिज भएको आरवान मोडलले यतिबेला अमेरिकी सिलिकन भ्यालीमा तरङ उत्पन्न गर्दै टेक कम्पनीहरुको सेयरमूल्यमा पहिरो ल्याई दिएको छ ।

तर अलिबाबाको नयाँ भर्जन लञ्चसँगै डिपसिकले एआइै मोडल अपग्रेड गर्न घरेलु बजारमै तीव्र प्रतिष्पर्धा गर्नुपर्ने देखिएको छ ।

डिपसिकको भिथ्रि मोडल र भि–टु मोडल आएसँगै चीनमा एआई मोडल मूल्ययुद्ध छेडिएको छ ।

डिपसिक–भीट्ु ओपन सोर्स हो र यो धेरै नै सस्तो छ । जसअन्तर्गत १ मिलियन टोकनका लागि वा एआई मोडलले प्रोसेस गरेको डेटाको युनिटका लागि ( युआन९०.१४ डलर)मात्रै रहेको छ ।

अलिबाबाको क्लाउड युनिटले मूल्य कटौती ९७ प्रतिशतसम्म हुन सक्ने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?