National life

आइएमई लाइफ इन्सुरेन्सले गर्यो लाभांश संशोधन, अब कति वितरण होला ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ वैशाख २०८१, आइतबार
1.2kShares
आइएमई लाइफ इन्सुरेन्सले गर्यो लाभांश संशोधन, अब कति वितरण होला ?
ncell

काठमाडौं । आइएमई लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद गरी कुल २६.१३५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले आफ्नो प्रस्तावित लाभांशमा संशोधन गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले यसअघि भने २५ प्रतिशत बोनस सेयर र करसहित ९.५० प्रतिशत नगद गरी कुल ३४.५० पतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

कम्पनीले बोनस सेयरलाई यथावत राख्दै नगद लाभांश घटाएको हो। नियामक नेपाल बिमा प्राधिकरणले हाललाई कर प्रयोजन बाहेक अन्य कुनै पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएपछि वैशाख २१ गतेको सञ्चालक समिति बैठकमार्फत उक्त संशोधन गरिएको आइएमई लाइफले जनाएको छ।

प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?