National life

आइएमई लाइफले लाभांश प्रस्ताव पारित गर्न पुस २४ गते बोलायो एजीएम, बुक क्लोज कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०१ पुस २०८२, मङ्गलबार
1KShares
आइएमई लाइफले लाभांश प्रस्ताव पारित गर्न पुस २४ गते बोलायो एजीएम, बुक क्लोज कहिले ?
ncell

काठमाडौं । आइएमई लाइफ इन्सुरेन्स कम्पनीले ९ औँ वार्षिक साधारणसभाको बोलाएको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले पुस २४ गते सभा बोलाउने निर्णय गरेको हो । सभा काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा बिहान १० बजेबाट सुरै हुनेछ ।

सभामा १०.५२६३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पेस हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

त्यसैगरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्चहरू अनुमोदन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव आएमा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

सभा प्रयोजनार्थ कम्पनीले पुस ११ गते एक बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ९ गतेसम्म कायम सेयरधनीहरू मात्रै सो सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?