National life

आज महुली लघुवित्तको एफपीओ बाँडफाँट हुने, १७ लाख बढीको हात खाली हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ पुस २०८१, शुक्रबार
727Shares
आज महुली लघुवित्तको एफपीओ बाँडफाँट हुने, १७ लाख बढीको हात खाली हुँदै
ncell

काठमाडौं । आज महुली लघुवित्तको एफपीओ बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले शुक्रवारबिहान साढे दश बजे नयाँ बानेश्वर काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने जनाएको छ ।

लघुवित्तको एफपीओमा १७ लाख ५८ हजार ८५३ जनाले कुल २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन परेको छ। गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुने भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आवेदन गर्नेहरु मध्ये ४७ हजार ५४५ जनाले मात्र लघुवित्तको शेयर प्राप्त गर्ने भएका छन्।

बाँकी आवेदक १७ लाख ११ हजार ३०८ जनाको हात खाली हुने भएको छ। महुली लघुवित्तले पुस ५ गतेदेखि ९ गतेसम्म ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो।

यो समाचार शेयर गर्नुहोस्
727SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?