National life

आज सार्वजनिक बिदाका दिन समेत यी बैंकहरुले दिँदैछन् सेवा, खुल्ला रहने समय सहित

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०३ फागुन २०८२, आइतबार
904Shares
आज सार्वजनिक बिदाका दिन समेत यी बैंकहरुले दिँदैछन् सेवा, खुल्ला रहने समय सहित
ncell

काठमाडौँ। फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ। बिदाका कारण अधिकांश सरकारी निकाय तथा औपचारिक क्षेत्रका संस्थाहरू बन्द रहने भएका छन्।

सार्वजनिक बिदासँगै शेयर बजार, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सरकारी कार्यालय र शिक्षण संस्थाहरू बन्द भएका छन्। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार सञ्चालन बन्द हुने भएको छ । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भने सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरू पनि बन्द रहने भएको छ ।

तर, अत्यावश्यक सेवा निरन्तरता दिनुपर्ने भएकाले अधिकांश विकास बैंक तथा वाणिज्य बैंकहरूले सीमित रूपमा सेवा सञ्चालन गरेका छन्। पूर्ण क्षमतामा सेवा नदिए पनि निश्चित शाखा तथा काउन्टरमार्फत नगद निकासी, जम्मा तथा आधारभूत बैंकिङ सेवा उपलब्ध गराइएको सम्बन्धित बैंकहरूले बताएका छन्।

महाशिवरात्रि पर्वका अवसरमा देशभरका शिव मन्दिरहरूमा भक्तजनको भीड लागिरहेको छ। धार्मिक आस्था र सांस्कृतिक महत्व बोकेको यस पर्वलाई मध्यनजर गर्दै सरकारले सार्वजनिक बिदा प्रदान गरेको हो।

यो समाचार शेयर गर्नुहोस्
904SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?