National life

महाशिवरात्रि पर्व तयारी: पशुपति क्षेत्रमा ५ दिनसम्म मासु,जाँडरक्सी बेच्न खान नपाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ फागुन २०८०, मङ्गलबार
610Shares
महाशिवरात्रि पर्व तयारी: पशुपति क्षेत्रमा ५ दिनसम्म मासु,जाँडरक्सी बेच्न खान नपाइने
ncell

काठमाण्डौः जिल्ला प्रशासन कार्यालय काठमाण्डौले महाशिवरात्रि पर्वको लागि पशुपति मन्दिर परिसर आसपासका क्षेत्रमा पाँच दिन मासु,जाँडरक्सी र अरू नशालु पदार्थ बेचबिखनमा रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आज एक सूचना निकालेर भोलि फागुन २३ गतेदेखि फागुन २७ गतेसम्म पशुपति क्षेत्र आसपास कसैले पनि मासु, जाँडरक्सी तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डार र सेवन नगर्न आग्रह गरिएको छ ।

प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम यस्ता गतिविधि पूर्ण रूपमा रोक लगाएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सूचनामा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा निषेध गरिएको उल्लेख छ ।

फागुन २५ गते महाशिवरात्रि पर्व मनाइँदै छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि २०८० को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कोषका अनुसार शिवरात्रिमा ६ हजार स्वयंसेवक परिचालन हुने तयारी गरिएको छ । यता पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी अन्तिम अवस्थामा पुगेको बताएको छ ।

यो समाचार शेयर गर्नुहोस्
610SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?