National life

आजदेखि जोकोहीका लागि दोर्दी खोला जलविद्युतको लिलामी सेयरमा आवेदन खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ जेठ २०८२, आइतबार
979Shares
आजदेखि जोकोहीका लागि दोर्दी खोला जलविद्युतको लिलामी सेयरमा आवेदन खुला
ncell

काठमाडौँ । आजदेखि दोर्दी खोला जलविद्युत लिमिटेडको साढे १९ लाख कित्ता लिलामी सेयरमा आवेदन दिन सकिने छ । कम्पनीले जेठ ११ गते आइतबारदेखि हकप्रदमा बिक्री नभएको १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो।

जसमा संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहको १ लाख ६५ हजार ९५६ कित्ता सेयर रहेको छ । यी दुवै समूहको लकइन असार ७ गते सकिँदै छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, यता सर्वसाधारण समूहकै लकइनमा नरहेको ४ लाख ९५ हजार ६७९ कित्ता सेयर पनि लिलामी बिक्रीमा ल्याइएको छ। यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्ने छ ।

उक्त सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले यसमा जेठ १९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
979SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?