National life

दोर्दी खोला जलविद्युतको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ चैत २०८१, मङ्गलबार
711Shares
दोर्दी खोला जलविद्युतको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने
ncell

काठमाडौं । दोर्दी खोला जलविद्युतको १०० प्रतिशत हकप्रद सेयरमा आज चैत १९ गते मंगलबारदेखि आवेदन दिन सकिनेछ । कम्पनीले १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो ।

उक्त हकप्रद सेयरका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
फागुन १४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यसमा लगानीकर्ताले २०८२ वैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसको हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।

यसमा बिक्री सानिमा क्यापिटल नक्साल काठमाडौं र सानिमा बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक–वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

दोर्दी खोलाको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

हकप्रद सेयरमा आवेदन दिन पाउने स्थान

 

 

यो समाचार शेयर गर्नुहोस्
711SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?