National life

आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार सुरु, कहिलेसम्म पाइन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०४ फागुन २०८२, सोमबार
1.1kShares
आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार सुरु, कहिलेसम्म पाइन्छ ?
ncell

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा आजदेखि औपचारिक प्रचार–प्रसार अवधि सुरु भएको छ। कानुनी व्यवस्थाअनुसार मतदान मितिभन्दा १५ दिनअगाडिबाट मात्रै जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत प्रचार गर्न पाइने प्रावधान रहेको छ। सो अवधि फागुन १८ गते राति १२ बजेसम्म कायम रहनेछ।

निर्वाचन आयोगले प्रचार–प्रसारलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन आचारसंहिता कडाइका साथ कार्यान्वयन गरिने जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आयोगका अनुसार निर्वाचनको स्वच्छता र विश्वसनीयता जोगाउन सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला पक्षले नियमको अक्षरशः पालना गर्नुपर्नेछ।

आयोगले विशेषगरी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई नियन्त्रण गर्न उच्च सतर्कता अपनाइएको जनाएको छ। निर्वाचन परिणाम प्रभावित पार्ने उद्देश्यले गरिने संगठित डिजिटल गतिविधिमाथि निगरानी संयन्त्र परिचालन गरिएको आयोगको भनाइ छ।

त्यस्तै, प्रचारका क्रममा आयोजना हुने आमसभा वा कोणसभासम्बन्धी मञ्च व्यवस्थापन, प्रचार सामग्री, यातायातलगायतका सम्पूर्ण खर्चको विवरण सम्बन्धित उम्मेदवारले निर्वाचन कार्यालयमा अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। यस कदमले चुनावी खर्च पारदर्शी र जवाफदेही बनाउने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?