National life

आजदेखि संघीय संसद्को हिउँदे अधिवेशन सुरु, अध्यादेशको विरोध गर्ने तयारीमा प्रतिपक्ष

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ माघ २०८१, शुक्रबार
599Shares
आजदेखि संघीय संसद्को हिउँदे अधिवेशन सुरु, अध्यादेशको विरोध गर्ने तयारीमा प्रतिपक्ष
ncell

काठमाडौँ। आजबाट संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका छन् ।

दिउँसो १ बजे राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक सुरु हुने छ। दुवै सदन अन्तर्गत प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने,  राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने र प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न ससद्हरुको मनोनयन गर्ने कार्यसूचीमा उल्लेख छ ।

अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा माननीय सदस्यहरूले आ आफ्नो मन्तव्य राख्नेछन् । लगत्तै विभिन्न अध्यादेशहरु सभामा पेस गरिनेछ।  यता, प्रतिपक्षी दलले भने सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने तयारी गरेका छन्। संसद्को अधिवेशन नबोलाएर सरकारले अध्यादेशबाट शासन गर्न खोजेको प्रतिपक्षमा रहेका दलले आरोप छ ।

राष्ट्रिय सभा बैठकमा पनि सुरुमा अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराउनेछन्। त्यसपछि अध्यक्षले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन्।

यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?