National life

इन्स्योरेन्स इन्स्टिच्युटद्वारा ५ महिनामा ४७३ जनालाई तालिम प्रदान,यस्ता शीर्षकमा लिन सकिन्छ तालिम ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ पुस २०८१, बिहिबार
572Shares
इन्स्योरेन्स इन्स्टिच्युटद्वारा ५ महिनामा ४७३ जनालाई तालिम प्रदान,यस्ता शीर्षकमा लिन सकिन्छ तालिम ?
ncell

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेडले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म जम्मा ४७३ जनालाई विभिन्न शीर्षकमा बीमा सम्बन्धी तालिम प्रदान गरेको छ ।

इन्स्टिच्युटले आर्थिक भ्वाइसलाई उपलब्ध गराएको तथ्याङ्कका अनुसार सो समयमा जीवन बीमा सम्बन्धी तालिम १८० जनालाई, निर्जीवन बीमा सम्बन्धी ७२ जनालाई र जीवन तथा निर्जीवन बीमा सम्बन्धी एकमुष्ट तालिम १५० जनालाई प्रदान गरिएको देखिएको छ ।

यस्तै सोही अवधिमा ६१ जना बीमा सर्भेयर र १० जना नेपाल बीमा प्राधिकरणका कर्मचारीहरूलाई समेत विभिन्न शीर्षकमा तालिम प्रदान गरिएको छ ।

इमानदारिता, व्यावसायिकता, नवीनता र सशक्तीकरणको सिद्धान्तलाई आत्मसाथ गर्दै आएको यो इन्स्टिच्युटले बीमा कम्पनीका निर्देशकहरू, कर्मचारीहरू, सर्भेयरहरू, एजेन्टहरू, वित्तीय क्षेत्रहरूसँग सम्बन्धित कर्मचारीहरू, विद्यार्थीहरू आदिलाई बीमा सम्बन्धी तालिम तथा प्रशिक्षण दिँदै आएको इन्स्टिच्युटका सहायक प्रबन्धक तथा कम्पनी सचिव गणेश शर्माले आर्थिक भ्वाइसलाई बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठीहरू मार्फत जीवन, निर्जीवन र पुनर्बीमा व्यवसायको प्रवद्र्धनमा योगदान पु¥याउने र अन्तर्राष्ट्रिय बीमा संस्थानसँग सम्बन्ध स्थापित गर्दै विभिन्न प्रशिक्षण कार्यक्रमहरू मार्फत बीमा सम्भावनाहरू अन्वेषण गरी आम जनतामा बीमा चेतना प्रवद्र्धन गर्नु इन्स्टिच्युटको मुख्य उद्देश्य हो ।’ सचिव शर्माले आर्थिक भ्वाइससँगको कुराकानीको क्रममा भने ।

इन्स्टिच्युटले जीवन बीमा कम्पनीका सहभागीहरूलाई जीवन बीमा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी, जीवन बीमा अन्डरराइटिङ, पुनर्बीमा सम्बन्धी, जीवन बीमा योजनाहरू, एजेन्सी व्यवस्थापन, जीवन बीमामा सूचना प्रविधि तथा डिजिटल मार्केटिङको विकास, नैतिकता र मिससेलिङ, लेखा, मनी लाउन्डरिङ, जोखिम व्यवस्थापन, लघु बीमा, जीवन बीमा बजारमा नवीनता र यसको प्रभाव तथा बीमामा दाबी व्यवस्थापनजस्ता शीर्षकमा तालिम प्रदान गर्ने गरेको छ । जुन तालिमहरू २ दिनदेखि १ महिना अवधिसम्मका हुने इन्स्टिच्युटका कम्पनी उनले बताए ।

सचिव शर्माका अनुसार निर्जीवन बीमाको हकमा बीमा सञ्चालन, नेपाली आकाश र उड्डयन बीमा, दाबी भुक्तानी, निर्जीवन बीमामा लेखा, सम्पत्ति शुद्धीकरण, निर्जीवन बीमामा पुनर्बीमा, जोखिम व्यवस्थापन, लघु बीमा, कृषि, गाईबस्तु तथा जडीबुटी बीमा, स्वास्थ्य तथा दुर्घटना बीमा, निर्जीवन बीमामा दाबी व्यवस्थापन, सम्पत्ति बीमा, मोटर बीमा, इन्जिनियरिङ बीमा, बैंकर्स क्षतिपूर्ति र नगद बीमा, समुद्री तथा आन्तरिक ट्रान्जिट बीमा, निर्जीवन बीमामा सूचना प्रविधिको महत्त्व, अंडरराइटिंग लगायतका विषयमा तालिम प्रदान इन्स्टिच्युटले गर्दै आएको छ ।

यस्तै नियामक निकाय नेपाल बीमा प्राधिकरणको लागि बीमा कम्पनीहरूको पर्यवेक्षण तथा अनुगमन, बिमामा मध्यस्थता र मुद्दा व्यवस्थापन तथा आइएआइएस सिद्धान्तहरूका साथै बीमा सर्भेयर र अभिकर्ताहरूको लागि आधारभूत तथा एडभान्स प्रशिक्षण इन्स्टिच्युटले प्रदान गर्दै आइरहेको छ ।

यस्तै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्य र समन्वयमा बीमाको व्यावसायिकतालाई परीक्षालाई सहजीकरण र सञ्चालन गर्ने काम यसले गर्दै आएको छ । विश्वमा बीमा क्षेत्रका लागि आवश्यक पर्ने जनशक्तिको उत्पादनका लागि विश्व भरिनै विशेष खालका कलेज वा एकेडेमीहरूको स्थापना भएको अवस्थामा नेपालमा पनि काठमाडौं विश्वविद्यालयसँग समन्वय गरी बीमा क्षेत्रको विकासमा व्यापकता ल्याउने तयारीमा इन्स्टिच्युटको रहेको कम्पनी उनको भनाई छ ।

नेपालमा बीमा क्षेत्रमा अपेक्षाकृत विकास गराउनका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको अभाव कम गर्न र बीमाका सबै पक्षहरूको अध्ययन तथा अनुसन्धान गरी व्यावसायिक जनशक्ति उत्पादन गर्नका लागि इन्स्टिच्युटले अग्रणी भूमिका निर्वाह गरिरहेको शर्माले बताए ।

यो समाचार शेयर गर्नुहोस्
572SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?