National life

कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघ्ने निश्चित,विश्वव्यापी ऊर्जा बजारमा उथलपुथल

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२१ फागुन २०८२, बिहिबार
1.4kShares
कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघ्ने निश्चित,विश्वव्यापी ऊर्जा बजारमा उथलपुथल
ncell

काठमाडौ । रसियाली राष्ट्रपतिका विशेष प्रतिनिधि तथा रसियाली प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले मध्यपूर्वमा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघ्ने निश्चित भएको बताएका छन् ।

सामाजिक सञ्जाल ‘एक्स’ मा आफ्नो धारणा राख्दै उनले एसियामा डेलिभरी हुने अधिकांश तेलको मूल्य ९० डलर कटिसकेको र ‘मुरबान क्रुड’ को मूल्य ९६ डलर पुगेको जानकारी दिएका छन् ।

उनले ‘द इकोनोमिस्ट’ जस्ता अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि अब तेलको मूल्य १०० डलर पुग्ने कुरालाई स्वीकार गरिसकेको उल्लेख गरेका छन् ।

फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको व्यापक सैन्य आक्रमणका कारण विश्वव्यापी ऊर्जा बजारमा यो उथलपुथल आएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तेहरान लगायत इरानका प्रमुख सहरहरूमा गरिएका आक्रमणमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र अन्य वरिष्ठ नेतृत्वको मृत्यु भएपछि इरानले पनि इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूलाई लक्षित गरी जवाफी आक्रमण सुरु गरेको छ ।

बहराइन, जोर्डन, कतार, कुवेत, युएई र साउदी अरबमा रहेका अमेरिकी सैन्य बेसहरूमा इरानको इस्लामिक रिभोलुसनरी गार्डले प्रहार गरेपछि यो क्षेत्र पूर्ण रूपमा युद्धको चपेटामा परेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?