काठमाडौं। कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको दम्पतीका लागि सञ्चयकर्ता स्वास्थ्य उपचार सेवा दिँदै आएको छ। कोषका अनुसार यो सेवा सञ्चयकर्ताको श्रीमती वा श्रीमान् समेतले उपचार सुविधा पाउने गरेका छन् ।
कोषले सञ्चयकर्तालाई सामान्य उपचारका लागि वर्षमा बढीमा १ लाख रुपैयाँ र घातक रोगको उपचारका लागि सेवा अवधिभरमा १० लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ।
स्वास्थ्य उपचार योजना अन्तर्गत कस्तो अवस्थामा कतिसम्म पाइन्छ त सुविधा?
सामान्य रोग
सञ्चयकर्ता वा निजको पति वा पत्नी अस्पताल भर्ना भई सामान्य रोगको उपचारको हकमा सञ्चयकर्ता दम्पतीले एक आर्थिक वर्षमा एक लाख सम्मको उपचार खर्च पाउन सक्नेछन् ।
जसअन्तर्गत सञ्चयकर्ता वा निजको पतिरपत्नी अधिकतम चालिस हजार रुपैयाँ सम्म सर्जन, एनेस्थेटिस्ट को शुल्क, अपरेसन थिएटर को शुल्क वा वैकल्पिक प्रक्रियाबापतको खर्च कोषले प्रदान गर्ने गरेको छ ।
यस्तै रोग परीक्षण शुल्कअन्तर्गत औषधि तथा उपकरण खर्च एक पटक पटक उपचारमा पन्ध्र हजार रुपैयाँमा नबढ्ने गरी अधिकतम तीस हजार रुपियाँसम्म पि एसी, एक्स–रे, युएसजी, एमआरआई, सिटी स्क्यान प्याथोलोजी वा चिकित्सकको रोग निदान डाइग्नोसिस बापतको खर्च समेत कोषले प्रदान गर्ने गरेको छ ।
यस्तै एक पटकको उपचारमा पन्ध्र हजार रुपैयाँमा नबढ्ने गरी प्रतिदिन २ हजार रुपैयाँको दरले ३० हजार रुपैयाँसम्मको उपचार खर्च सञ्चयकर्ता वा निजको पति वा पत्नीलाई एक आर्थिक वर्षमा बढीमा २ पटक उपलब्ध गराउँदै आएको छ ।
घातक रोग
कोषले क्यान्सर, हृदयाघात, ब्रेन हेमरेज, मिर्गौला फेल, फोक्सो प्रत्यारोपण, कलेजोको क्षति, टाउकोमा चोट, स्पाइनल इन्जुरी, पक्षाघात, पार्किन्सन्स, सिकल सेल एनीमिया तथा अल्जाइमरजस्ता घातक रोगको अस्पताल भई उपचार गरेको खण्डमा सञ्चयकर्ता वा निजको पति/पत्नीलाई दश लाख रुपैयाँ सम्मको औषधि उपचार खर्च दिने गरेको छ।
जस अन्तर्गत अस्पताल भर्ना भई रोग पहिचान गर्ने क्रममा भएको खर्चमध्ये बढीमा एक लाख रुपैयाँ, अस्पताल भर्ना भई उपचारको क्रममा भएको खर्चमध्ये बढीमा सात लाख रुपैयाँ, अस्पतालबाट डिस्चार्ज भए पछि फलो–अपको क्रममा लागेको खर्चमध्ये बढीमा २ लाख रुपैयाँ स्वास्थ्य उपचार योजना बापत कोषले बेहोर्ने गरेको छ।
तर क्यान्सर रोगको लागि केमोथेरापी पद्धतिबाट उपचार गर्दा किड्नी फेल भई डायलिसिस पद्धतिबाट उपचार गर्दा फलो–अपको क्रममा लाग्ने खर्चमध्ये बढीमा नौ लाख रुपैयाँ कोषले उपलब्ध गराउँदै आएको छ।
घातक रोगको उपचारको लागि अस्पताल भर्ना भई आइसियुरसीसीयूरएचडीयूमा बसेको हकमा प्रति दिन तीन हजार र आइसियु रसीसीयू रएचडीयू सहित भेन्टिलेटरमा बसेको हकमा प्रतिदिन ५ हजारको दरले बेड शुल्क बापतको खर्च योजनाबाट प्राप्त गर्न सकिने व्यवस्था रहेको छ।
कुन–कुन अस्पतालबाट प्राप्त गर्न सकिन्छ कोषले प्रदान गरेको स्वास्थ्य उपचार योजना सुविधा
स्वास्थ्य उपचार योजना अन्तर्गत पाइने सुविधा देशभरका केही अस्पतालहरूबाट मात्र लिन सकिने कर्मचारी सञ्चय कोषका प्रवक्ता दामोदर सुवेदीले जानकारी दिए ।
उनका अनुसार यो योजना बापतको सुविधा लिनको लागि कोषले सात ओटै प्रदेशमा केही अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई छनोट गरेको छ । कोषले सूचीकृत गरेका बाहेकका अस्पताल वा स्वास्थ्य संस्थाबाट उक्त सुविधावापतकोे रकम प्राप्त गर्न नसकिने उनले बताए ।
का अनुसार कोसी प्रदेशका १७, मधेस प्रदेशका ११, बागमती प्रदेशका ६५ र गण्डकी प्रदेशका १६ अस्पताल तथा स्वास्थ्य सस्ंथाहरुबाट यस्तो सुविधा प्राप्त गर्न सकिन्छ ।
यस्तै लुम्बिनी प्रदेशका १९, कर्णाली प्रदेशका २ तथा सुदूरपश्चिम प्रदेशका ५ ओटा गरी देशभरका १३५ अस्पतालहरूबाट यो सुविधा लिन सकिने उनको भनाई छ ।
कर्मचारी सञ्चय कोषले औषधि उपचार योजनाको लागि सूचीकृत गरिएका अस्पताल तथा स्वास्थ्य संस्थाहरू
(१) इलाम अस्पताल, इलाम
(२) बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी
(३) मेची अस्पताल, भद्रपुर, झापा
(४) कोशी अस्पताल, विराटनगर, मोरङ
(५) विराटनगर अस्पताल प्रा. लि., विराटनगर, मोरङ
(६) गोल्डेन अस्पताल प्रा. लि., विराटनगर, मोरङ
(७) नेपाल स्वास्थ्य विकास तथा अनुसन्धान सहकारी लि., विराटनगर, मोरङ
(८) नोबेल मेडिकल कलेज, शिक्षण अस्पताल, विराटनगर, मोरङ
(९) न्यूरो कार्डियो मल्टिस्पेसियालिटी हस्पिटल, विराटनगर, मोरङ
(१०) ओमसाई पाथीभरा हस्पिटल प्रा लि, भद्रपुर, झापा
(११) पूर्णटुङ विर्ता सिटी अस्पताल, विर्तामोड, झापा
(१२) बी एण्ड सी मेडिकल कलेज शिक्षण अस्पताल, भद्रपुर, झापा
(१३) पुर्वाञ्चल क्यान्सर हस्पिटल, विर्तामोड, झापा
(१४) लाइफ लाइन अस्पताल प्रा लि, दमक, झापा
(१५) मनमोहन मेमोरियल क्षेत्रीय अस्पताल, विर्तामोड, झापा
(१६) जिल्ला अस्पताल, उदयपुर, गाईघाट
(१७) जिल्ला अस्पताल पाँचथर
(ख) मधेश प्रदेशः
(१) नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंज, पर्सा
(२) प्रादेशिक अस्पताल, जनकपुर, धनुषा
(३) जानकी हेल्थकेयर अस्पताल प्रा लि जनकपुरधाम, धनुषा
(४) गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज, सप्तरी
(५) नेशनल मेडिकल कलेज, शिक्षण अस्पताल, वीरगंज, पर्सा
(६) वीरगंज हेल्थ केयर हस्पिटल, वीरगंज, पर्सा
(७) सिराहा अस्पताल, सिराहा
(८) प्रादेशिक अस्पताल, गौर, रौतहट
(९) सेभ लाइफ हस्पिटल एण्ड रिसर्च प्रा।लि।, जनकपुर, धनुषा
(१०) एल.एस. न्यूरो एण्ड जनरल हस्पिटल प्रा।लि। परवानीपुर, बारा
(११) प्रादेशीक अस्पताल कलैया, बारा
(१) विकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, महाबौद्ध, काठमाडौं
(२) त्रि वि शिक्षण अस्पताल, महाराजगंज, काठमाडौं
(३) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन, ललितपुर
(४) परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, थापाथली, काठमाडौं
(५) शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौं
(६) निजामती कर्मचारी अस्पताल, मिनभवन, काठमाडौं
(७) कान्ति बाल अस्पताल, महाराजगंज, काठमाडौं
(८) मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगंज काठमाडौं
(९) वी. पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवन
(१०) शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर
(११) नेपाल मेडिकल कलेज, जोरपाटी, काठमाडौं
(१२) चितवन मेडिकल कलेज, शिक्षण अस्पताल, चितवन
(१३) कलेज अफ मेडिकल साइन्सेस, भरतपुर, चितवन
(१४) भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर
(१५) राष्ट्रिय मृगौला उपचार केन्द्र, बनस्थली, काठमाडौं
(१६) धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक
(१७) बी एण्ड बी अस्पताल, ग्वार्को, ललितपुर
(१८) आरोग्य स्वास्थ्य प्रतिष्ठान, पुल्चोक, ललितपुर
(१९) नेशनल डायलाइसिस सेन्टर, बसुन्धरा, काठमाडौं
(२०) क्यान्सर केयर नेपाल, जावलाखेल, ललितपुर
(२१) वीरेन्द्र सैनिक अस्पताल, छाउनी, काठमाडौं
(२२) सुमेरू सामुदायिक अस्पताल प्रा लि, धापाखेल, ललितपुर
(२३) अल्का अस्पताल प्रा।लि।, जावलाखेल, ललितपुर
(२४) हिमाल हस्पिटल प्रा लि, ज्ञानेश्वर, काठमाडौं
(२५) राष्ट्रिय ट्रमा सेन्टर, महांकाल, काठमाडौं
(२६) ग्राण्डी इन्टरनेशनल हस्पिटल प्रा लि, धापासी, काठमाडौं
(२७) वयोदा हस्पिटल प्रा. लि, बल्खु, काठमाडौं
(२८) नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि।
(२९) काठमाडौं क्यान्सर सेन्टर, ताथलि, भक्तपुर
(३०) ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चावहिल, काठमाडौं
(३१) भेनस अस्पताल, मध्य बानेश्वर, काठमाडौं
(३२) किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, इमाडोल, ललितपुर
(३३) अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड अलाइड साइन्सेस, माइतीघर, काठमाडौं
(३४) स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्र, साँगा, काभ्रेपलाञ्चोक
(३५) भरतपुर हस्पिटल, भरतपुर, चितवन
(३६) नेशनल सिटी हस्पिटल, भरतपुर, चितवन
(३७) भरतपुर सेन्ट्रल हस्पिटल प्रा लि, चितवन
(३८) ग्रिनसिटी अस्पताल प्रा लि, धापासी, काठमाडौं
नेपाल प्रहरी अस्पताल, महाराजगंज, काठमाडौं
(४०) ब्लुक्रस हस्पिटल प्रा लि, त्रिपुरेश्वर, काठमाडौं
(४१) चुरेहिल हस्पिटल प्रा लि, हेटौंडा
(४२) आश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा लि, भैंसेपाटी, ललितपुर
(४३) मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, स्वयम्भु, काठमाडौं
(४४) उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्सेस प्रालि, बाँसवारी, कर
(४५) नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, काठमाडौं
(४६) राष्ट्रिय मृगौला उपचार केन्द्र, रामेछाप शाखा
(४७) हेटौंडा अस्पताल, हेटौंडा
(४८) माया दया स्वास्थ्य क्लिनिक, बुढानिलकण्ठ, काठमाडौं
(४९) चिरायु डायलाइसिस सेन्टर, बसुन्धरा, काठमाडौं
(५०) शुभेच्छा अन्तर्राष्ट्रिय अस्पताल प्रा।लि।, काठमाडौं
(५१) हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी प्रा।लि।, चावहिल, काठमाडौं
(५२) काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड, सिनामंगल, काठमाडौं
(५३) स्टार हस्पिटल प्रा.लि., सानेपा, ललितपुर
(५४) नेपाल भारत मैत्री अस्पताल, चाबहिल, काठमाडौं
(५५) काठमाडौं मोडेल अस्पताल, प्रदर्शनी मार्ग, काठमाडौं
(५६) सान डायलाइसिस सेन्टर, कान्तिपथ जमल, काठमाडौं
(५७) बकुलहर रत्ननगर अस्पताल, चिवतन
(५८) राष्ट्रिय मृगौला उपचार केन्द्र, गौशाला शाखा
(५९) धादिङ अस्पताल, धादिङ
(६०) त्रिशुली अस्पताल, नुवाकोट
(६१) जिल्ला अस्पताल, रामेछाप
(६२) जिल्ला अस्पताल, सिन्धुली
(६३) नेपाल ए.पि.एफ. अस्पताल, बलम्बु
(६४) मेथिनकोट अस्पताल, काभ्रे
(६५) एन.पि.आई नारायणी सामुदायिक हस्पिटल
(घ) गण्डकी प्रदेशः
(१) पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्की
(२) जिल्ला अस्पताल, नवलपरासी
(३) गण्डकी मेडिकल कलेज, पोखरा, कास्की
(४) मणिपाल शिक्षण अस्पताल, पोखरा, कास्की
(५) चरक मेमोरियल हस्पिटल प्रा.लि., पोखरा, कास्की
(६) धौलागिरी अस्पताल, बाग्लुङ
(७) लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रा लि, बगालेटोल, पोखरा
(८) पर्वत अस्पताल, पर्वत
(९) स्याङ्जा अस्पताल, स्याङ्जा
(१०) बेनी अस्पताल, म्याग्दी
(११) गोरखा अस्पताल, गोरखा,
१२ लमजुङ अस्पताल, लमजुङ
(१३) मध्यविन्दु जिल्ला अस्पताल, नवलपरासी
(१४) गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको शाखा वालिङ डायलाइसिस सेन्टर
(१५) दमौली अस्पताल, दमौली, तनहुँ
(१६) संक्रमक तथा सरुवा रोग अस्पताल, पोखरा
(ङ) लुम्बिनी प्रदेशः
(१) भेरी अस्पताल, नेपालगंज, बाँके
(२) लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रुपन्देही
(३) जिल्ला अस्पताल, बर्दिया
(४) युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, भैरहवा, रुपन्देही
(५) गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवल, रूपन्देही
(६) सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि., बुटवल, रूपन्देही
(छ) क्रिमसन अस्पताल, मणिग्राम, रुपन्देही
(८) राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
(९) राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुर, दाङ
(१०) नेपालगंज मेडिकल कलेज, नेपालगंज, बाँके
(११) सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा, बाँके
(१२) जिल्ला अस्पताल, कपिलवस्तु
(१३) सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., बुटवल, रुपन्देही
(१४) आर सी थारु मेमोरियल नगर अस्पताल, बर्दिया
(१५) गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको शाखा लमही डायलाइसिस सेन्टर
(१६) गौतमबुद्ध सामुदायिक संस्थाको शाखा डायलाइसिस सेन्टर, पाल्पा
(१७) गुल्मी अस्पताल, तम्घास
(१८) कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टर, बाणगंगा, कपिलबस्तु
(१९) रामपुर अस्पताल, पाल्पा
(च) कर्णाली प्रदेशः
(१) प्रादेशिक अस्पताल, वरिन्द्रनगर, सुर्खेत
(२) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
(छ) सुदुरपश्चिम प्रदेशः
(१) सेती प्रादेशिक अस्पताल, धनगढी, कैलाली
(२) महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर, कञ्चनपुर
(३) घोडाघोडी हस्पिटल प्रा लि, सुखड, कैलाली
(४) सुदुरपश्चिम इन्टरनेशनल डायलाइसिस सेन्टर प्रा।लि। धनगढी
(५) टीकापुर अस्पताल, कैलाली