National life

‘कांग्रेस–एमालेको यो सरकार भ्रष्टाचारीहरुको रक्षाको निम्ति बनाईएको सरकार हो ’

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ भदौ २०८१, शनिबार
1.4kShares
‘कांग्रेस–एमालेको यो सरकार भ्रष्टाचारीहरुको रक्षाको निम्ति बनाईएको सरकार हो ’
ncell

काठमाडौं, ८ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको कांग्रेस र एमालेको सरकार भ्रष्टाचारीहरुको सरकार भएको दाबी गरेका छन् । आज काठमाडौंमा आयोजित नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिको ८औं भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले भने,‘रुपमा हेर्दा यो सरकार कांग्रेस र एमाले नेताहरु मिलेर माओवादी नेतृत्वको सरकार हटाए भन्ने देखिन्छ, तर सारमा हेर्नुभयो भने यो देशका दलाल पुँजीपतिहरु, विचौलियाहरु, कमिशनखोरहरु, जाली फटाहाहरुले तिनीहरुले आफ्नो प्रकृतिको रुपमा श्रृंगारपट्टार गरेर यो सरकार बनाईएको हो । त्यसकारण यो भ्रष्टाचारीहरुको सरकार हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो भ्रष्टाचारीहरुको रक्षाको निम्ति बनाईएको सरकार हो ।’

उनले आगामी २०८४ को निर्वाचनमा माओवादी देशकै पहिलो शक्ति बन्नेपनि दाबी गरे । उनले अहिलेको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारीहरुमा पैदा भएको डरको कारणले बनेको दाबी गरे । उनले अहिलेको सरकारलाई डरछेरुवाहरुको सरकारको संज्ञा दिए ।

 

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?