National life

किसानलाई समयमै मल र युवालाई स्वदेशमै रोजगारी दिने कांग्रेसको सङ्कल्प

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१६ फागुन २०८२, शनिबार
1.2kShares
किसानलाई समयमै मल र युवालाई स्वदेशमै रोजगारी दिने कांग्रेसको सङ्कल्प
ncell

कलैया। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन, रोजगारी र कृषि क्षेत्रको सुधारलाई केन्द्रमा राख्दै सरकारको कार्यशैलीप्रति कडा टिप्पणी गर्नुभएको छ। बाराको प्रसौनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खेती गर्ने समयमै किसानले सहज रूपमा मल पाउनुपर्ने र वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेशमै रोजगारीको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।

वर्तमान राजनीतिक अवस्थाप्रति प्रश्न उठाउँदै सभापति थापाले ३२ सिट मात्र प्राप्त गरेको दलले सरकार गठन कसरी गर्‍यो भनी जिज्ञासा राख्नुभयो। विकास आयोजनामा हुने ढिलाइप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले तीन वर्षमा सम्पन्न हुनुपर्ने ुफास्ट–ट्र्याकु १० वर्षसम्म किन लम्बिएको भनी प्रश्न गर्नुभयो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२०४६ सालपछिका आन्दोलनले जनताको अपेक्षाअनुसार सुशासन दिन नसकेको उहाँको भनाइ थियो। “विकासको गति बढेको दाबी गरिए पनि पारदर्शिता र जवाफदेहिता कमजोर छ। सुशासनबिना विकासको अर्थ हुँदैन,” उहाँले भन्नुभयो। भ्रष्टाचार नियन्त्रणका लागि उच्च तहबाटै सम्पत्ति छानबिन हुनुपर्ने धारणा राख्दै उहाँले २०४६ सालपछिका सबै प्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्न माग गर्नुभयो। “पहिलो पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र त्यसपछि दोस्रो नम्बरमा मेरो सम्पत्ति छानबिन होस्,” उहाँले चुनौतीपूर्ण शैलीमा भन्नुभयो।

युवाको रोजगारीलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उहाँले पाँच लाख युवालाई तत्काल रोजगारी उपलब्ध गराउने लक्ष्य राख्नुपर्ने बताउनुभयो। साना तथा ठुला व्यवसायी ऋणका कारण कालोसूचीमा पर्ने अवस्था अन्त्य गर्न राज्यले नीतिगत सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। भदौ २४ गते जस्ता दुःखद घटना पुनः नदोहोरिऊन् र कुनै पनि युवाले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने कामनासमेत उहाँले व्यक्त गर्नुभयो।

सो अवसरमा बारा निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार श्यामबाबु प्रसाद गुप्ता, क्षेत्र नं ३ का उम्मेदवार फरमुल्लाह मन्सुर र क्षेत्र नं २ का उम्मेदवार भैयाराम प्रसाद यादवले पनि आफ्ना धारणा राख्नुभएको थियो। कार्यक्रमको जानकारी नेपाली कांग्रेस बाराका उपसभापति अमिरिलाल पालले दिनुभएको हो। कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै जनजीविकासँग जोडिएका मुद्दालाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिरहेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?