National life

क्यान इन्फोटेकमा एआई टुलदेखि सेल्फ ड्राइभिङ कारसम्मका प्रडक्टमा आकर्षण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ माघ २०८१, आइतबार
798Shares
क्यान इन्फोटेकमा एआई टुलदेखि सेल्फ ड्राइभिङ कारसम्मका प्रडक्टमा आकर्षण
ncell

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा माघ २४ देखि जारी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टायल अफिस सिस्टम’ मा प्रविधिप्रेमीहरूको घुँइचो लागेको छ । ३०औं संस्करणको यस प्रदर्शनीलाई चौंथो दिन सकिँदासम्म विद्यार्थी तथा युवा उमेर समूह र प्रविधिमा चासो राख्ने व्यक्तिहरूसँगै कलाकार, खेलाडी, अभियन्ता, राजनीतिज्ञ, नीति निर्माता तथा विभिन्न तहका सरकारका प्रतिनिधिहरूले अवलोकन गरेका छन् ।

यो महाउत्सव सूचना प्रविधिका विकास र विस्तारलाई नजिकबाट चिन्ने अवसरको रूपमा प्रस्तुत भएको छ ।

आइतबारमात्रै बागमती प्रदेश सभा सदस्य इन्द्र बानियाँ, पूर्वमन्त्री गणेश साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र, काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सुमन नरसिंह राजभण्डारी, दिक्तेल नगरपालिकाका मेयर तीर्थराज भट्टराई, कम्प्युटेक ताइवानको तर्फबाट दक्षिण एसिया हेर्ने प्रतिनिधिहरू, नेपाल प्रहरीका डीआईजीहरू अरुण भण्डारी र कुमार न्यौपाने, कलाकार मिस पवी लगायतले क्यान इन्फोटेक अवलोकलन गर्नुभएको थियो ।

यसअघि नीति निर्माण तहका अधिकारीहरू, विभिन्न आयोगका प्रतिनिधिहरू तथा विभिन्न पालिकाका प्रमुखरउपप्रमुख हरूले क्यान इन्फोटेक अवलोकन गरिसक्नु भएको छ ।

सो अवसरमा उहाँहरूले डिजिटल नेपाल निर्माणका लागि क्यान इन्फोटेक जस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका हुने तथा सूचना सञ्चार प्रविधि क्षेत्रलाई राष्ट्रिय प्राथमिकता बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । साथै नेपाली प्रतिभा र आविष्कारलाई प्रोत्साहन गर्नेगरी प्रभावकारी कार्यक्रम ल्याउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता समेत उहाँहरूले जनाउनुभएको थियो ।

क्यान इन्फोटेकमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, स्वदेशी स्याटलाइट, एआई उपकरण, फिन्टेक प्रविधि, ईकमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल, राइड शेयरिङ एप लगायतसँग सम्बन्धित स्टलहरूमा अवलोकनकर्ताको विशेष चासो देखिएको क्यान महासंघका महासचिव चन्द्र विलास भुर्तेलले जानकारी दिनुभयो ।

अन्य दिनमा कम अवलोकनकर्ता देखिने स्टलहरूमा शनिबार र आइतबार अवलोकनकर्ताको निकै भीड देखिन्थ्यो । विशेषगरी नेपाली विद्यार्थी, स्टार्टअप तथा इनोभेटरले तयार पारेका नवीनतम प्रविधि, एप्लिकेसन र प्रोजेक्टहरूमा अवलोकनकर्ता बढी झुम्मिएका छन् ।

यसअन्तर्गत मसिन लर्निङमा आधारित एआई टुलदेखि सेल्फ ड्राइभिङ कारसम्मका प्रडक्टमा आकर्षण देखिएको छ । त्यस्तै, स्वदेशी सफ्टवेयर निर्माताका उत्पादनमा पनि धेरैको झुकाव देखिएको छ । साथै, ख्यातिप्राप्त अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरू एकै ठाउँमा पाउँदा प्रविधिप्रेमी उत्साही देखिएका छन् ।

नेपालीले विकास गरेका एआई प्रविधिहरूलाई विश्वव्यापी रूपमा प्रस्तुत गर्ने आवश्यकतामा सरोकारहरुले जोड दिएका छन् । डेटा(आधारित विश्लेषणमार्फत प्रभावकारी, शुद्ध र भविष्यमुखी निर्णयहरू लिन सकिने भएकाले नेपाली एआई प्रविधिले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनीहरूको मत छ ।

https://www.youtube.com/watch?v=wKh1xxYA5UY&t=154s

यसबाहेक, नेपाली नवप्रवर्तकहरूलाई समर्थन गर्न सकिएमा नेपाललाई भविष्यमा प्रविधिको महत्त्वपूर्ण केन्द्रको रूपमा उभ्याउन सकिन्छ भन्ने सरोकारवालाले जोड दिएका छन् । नेपाली स्टार्टअपहरूलाई उचित मञ्च प्रदान गर्ने, प्रशासनिक झन्झटहरू समाधान गर्ने आवश्यक प्रोत्साहन उपलब्ध गराउने जस्ता विषयहरू सरोकारवालाले उठाएका छन् ।

ब्राण्डिङ कम्पनीका स्टलहरू मुख्य हलभित्र रहेका छन् भने साना कम्पनीहरू ट्रसमा रहेका स्टलहरूमार्फत आफ्ना वस्तु तथा सेवाको प्रचारमा जुटेका छन् । प्रदर्शनीस्थलमै कम्पनीहरूले डिलर छनोट गर्ने र बिजनेश डिल गर्ने कार्यसमेत गरिरहेका छन् ।

क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले क्यान इन्फोटेकमार्फत विश्वबजार र स्थानीय बजारमा आएका नवीनतम प्रविधि र अभ्यासबारे एकै थलोमा हेर्न, बुझ्न र छलफल गर्न सम्भव भएको बताउनुभयो । उहाँका अनुसार यसपटक अनावश्यक भीडभन्दा सूचना प्रविधि बुझेका वा उत्सुक अवलोकनकर्ताहरू बढी आएका छन् ।

कुल १४० स्टल रहेको क्यान इन्फोटेक २०२५ मा सहभागी कम्पनीहरूले आफ्ना वस्तु तथा सेवाको प्रवद्र्धनका अतिरिक्त आकर्षक छुट र अफर दिइरहेका छन् । यसअन्तर्गत कम्पनीहरूले वस्तु खरिद एवं बुकिङमा १० देखि ७० प्रतिशतसम्म छुट प्रदान गरेका छन् । सोमबार प्रदर्शनीकर्ताहरूले थप विशेष अफर ल्याउने तयारी गरेका छन् । साथै रोबोटिक्स एसोसिएसन नेपालले लाइभ रोबोटिक्स कम्पिटिसन तथा अवार्ड कार्यक्रम गर्नेछ ।

यसैबीच क्यान इन्फोटेकको भोलि (सोमबार) अन्तिम दिन रहेकाले अवलोकनकर्तालाई मध्यनजर गर्दै ६ बजेसम्म टिकट खुला रहने छ ।

 

यो समाचार शेयर गर्नुहोस्
798SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?