National life

क्रेडिट कार्डको प्रयोग गर्दा सर्त, शुल्क र समयसीमाबारे पूर्ण जानकारी लिन आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|११ कात्तिक २०८२, मङ्गलबार
1.4kShares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्रेडिट कार्डको प्रयोग गर्दा सर्त, शुल्क र समयसीमाबारे पूर्ण जानकारी लिएर मात्र प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

बैंकका अनुसार क्रेडिट कार्ड जिम्मेवारीपूर्वक प्रयोग गर्न सकेमा यो सुरक्षित र सुविधाजनक भुक्तानीको माध्यम हो, तर लापरबाही गर्दा आर्थिक बोझ र उच्च ब्याजको जोखिम पनि रहन्छ ।

राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “क्रेडिट कार्डको बिल तोकिएको समयभित्र तिर्दा कुनै ब्याज वा अतिरिक्त शुल्क लाग्दैन । तर, समयमै भुक्तानी नगरेमा उच्च दरको ब्याज र हर्जाना लाग्न सक्छ।”

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

राष्ट्र बैंकका अनुसार क्रेडिट कार्ड ‘क’ श्रेणीका वाणिज्य बैंक र राष्ट्रियस्तरका ‘ख’ तथा ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाट मात्र जारी गर्न पाइन्छ । यसको प्रयोगबाट वस्तु तथा सेवाको मूल्य तिर्नका साथै तोकिएको सीमासम्म नगद समेत निकाल्न सकिने सुविधा हुन्छ ।

वित्तीय चेतनाका लागि राष्ट्र बैंकले जारी गरेको सन्देशमा भनिएको छ, “सर्त बुझेर जिम्मेवारीपूर्वक प्रयोग गरौँ, क्रेडिट कार्ड सजग ग्राहकको पहिचान हो।”

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?