काठमाडौं । "Your partner for progress" अर्थात 'प्रगतिको लागि तपाईँको साथी' भन्ने मुल मन्त्र लिएर बैंक तथा वित्तीय क्षेत्रमा क्रियाशील संस्था सिटिजन्स बैंक इन्टरनेसनलले नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्डको सुरुवात गरेको छ । क्रेडिट कार्डको प्रयोग गर्दा देखिएका कमजोरीहरूको सम्बोधन गर्दै अझ थप परिष्कृत तथा समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाहका लागि भन्दै बैंकले भर्चुअल क्रेडिट कार्डको सुरुवात गरेको हो ।
बैंकले यसलाई डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवातका रूपमा परिभाषित गर्दै भर्चुअल क्रेडिट कार्डले उपभोक्ता र व्यवसाय दुवैलाई डिजिटल युगमा सशक्त बनाउन सहयोग पुराउने बैंकको दाबी छ । जुन कार्ड सिटिजन्स बैंक इन्टरनेशनलका देशभरका १९७ शाखाहरूबाट नै वितरण हुँदै आएको छ
यसै विषयमा आर्थिक भ्वाइसका लागि सम्वाददाता अर्जुन धामीले सिटिजन्स बैंक इन्टरनेशनलका क्रेडिट कार्ड शाखा प्रमुख समिर अधिकारी सँग गरेको कुराकानीको सम्पादित अंश ।
भर्चुअल क्रेडिट कार्ड भनेको के हो ? यसको बारेमा सजिलो भाषामा बताइदिनुहोस् न ।
भर्चुअल क्रेडिट कार्डका मुख्य विशेषता के–के हुन् ?

यस्तै ग्राहकले यो कार्ड मार्फत प्रयोग गरेको कर्जा रकम ४५ दिनभित्र बिना ब्याज चुक्ता गर्ने विकल्प समेत प्रदान गरेको छ । यसका साथै क्रेडिट कार्डबाट स्टेटमेन्ट हेर्न नसकिने अवस्थाको अन्त्य गर्दै भर्चुअल क्रेडिट कार्डले मोबाइलमार्फत लाइभ स्टेटमेन्ट समेत हेर्न मिल्ने व्यवस्था छ । जसले ग्राहकहरूले खर्च समेत नियन्त्रण हुने विश्वास हामीले लिएका छौँ ।
अर्को मुख्य कुरा भनेको भर्चुअल क्रेडिट कार्ड सुरक्षाको हिसाबले पनि बलियो छ । किनभने यो भौतिक कार्डजस्ता हराउने वा अरूले लगेर प्रयोग गर्न सक्ने सम्भावना एकदमै कम हुन्छ । अनि अन्य भौतिक कार्डजस्तो बोकिरहनुपर्ने बाध्यता पनि यसमा हुदैन् । भचुअल हुने भएकोले मोबाइल मात्रै पनि बोक्दा पुग्छ ।
भर्चुअल क्रेडिट कार्ड कसरी प्राप्त गर्न सकिन्छ यसबारे पनि थारै बताइदिनुहोस् न ?
यो कार्ड लिनको लागि नजिकको शाखामा गएर भर्चुअल क्रेडिट कार्डको लागि आवेदन दिनुपर्छ । निवेदन पेस गरेको ४८ घण्टाभित्र मोबाइल बैंकिङ सुविधामा भर्चुअल कार्ड विकल्प थपिएर आउँछ । जसलाई लिनको लागि बैंक गइरहनुपर्दैन । यो पनि यसको विशेषता नै हो ।
यसको लागि हामीले सेवा शुल्क बापत ५०० रुपैयाँ तोकिएको छ । यसका साथै, वार्षिक नवीकरण शुल्क बापत न्यूनतम ५०० रुपैयाँ लिने व्यवस्था गरेको छ ।
पहिले नै क्रेडिट कार्ड लिइसकेका ग्राहकहरूले र बैंकमा खाता नै नभएका व्यक्तिले पनि भर्चुअल क्रेडिट कार्ड प्राप्त गर्न सक्छन् त ?
यस्तै हाम्रो बैंकमा खाता नभएका कुनै पनि ग्राहकले यो सुविधा प्राप्त गर्नका लागि पनि हाम्रो बैंकको मोबाइल बैंकिङ सेवा भने लिएको हुनुपर्छ । मोबाइल बैंकिङमार्फत बैंकसँग जोडिएका ग्राहकहरूले भने सिटिजन बैंकको जुनसुकै शाखाबाट पनि भर्चुअल क्रेडिट कार्डको लागि आवेदन दिन सक्छन् ।
भर्चुअल क्रेडिट कार्ड प्रयोगबारे ग्राहकहरूको प्रतिक्रिया चाहिँ कस्तो पाइरहनुभएको छ नि ?
धेरैजस्तो मानिसहरूले भिसा कार्ड लिइरहेको अवस्थामा भर्चुअल क्रेडिट कार्ड उपलब्ध गराइदिनुहोस् भनेर समेत कल गर्ने गरिरहेका छन् । जुन अनुपातमा हामीले भिसा क्रेडिट कार्डहरूको सेवा दिइरहेका थियौँ, प्रत्येक महिनामा त्यसको ३० देखी ४० प्रतिशत बढी मानिसहरूले भर्चुअल क्रेडिट कार्ड लिइरहेको अवस्था छ ।
हाम्रो जस्तो भूगोल र पूर्वाधार भएको देशमा भर्चुअल क्रेडिट कार्डको आवश्यकता र प्रयोगलाई कसरी नियालिरहनुभएको छ ?
अब मोबाइल बैकिंङ र भर्चुअल क्रेडिट कार्ड चलाउनको लागि आवश्यक पर्ने मुख्य कुरा भनेको इन्टरनेटको उपलब्धता हो । जसको सञ्जाल बिस्तारै बढ्दै छैन । नयाँ लगानीकर्ता वा पुरानै लगानीकर्ताहरूले पनि यसको बढवालाई मुख्य प्राथमिकतामा राखेकै छन् । यो बैंकको दीर्घकालीन योजना नै हो । त्यस कारण यसको अवश्यक्ता वा प्रयोगलाई नकार्न पनि सकिदैन् । त्यस कारण हामी हाम्रा ग्राहकहरूलाई ढुक्क भएर जोडिन र प्रयोग गर्न अनुरोध गर्दछौँ ।































