National life

गणतन्त्र दिवसको दिन रेशम चौधरीसहित १८ जना छुट्ने !

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१४ जेठ २०८०, आइतबार
836Shares
गणतन्त्र दिवसको दिन रेशम चौधरीसहित १८ जना छुट्ने !
ncell

काठमाडौँ– टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस सिफारिस गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठक उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन्।

‘केही समयअघि सर्वोच्च अदालतले पनि उच्च अदालतले गरेको रेशमजीको सजाय सदर गरिसकेको छ’, उनले भनिन्, ‘उहाँले ५० प्रतिशत सजाय कटाइसकेकाले बाँकी सजाय माफी मिनाहाको निर्णय भएको हो। अन्य केही कैदीको पनि सजाय माफी मिनाहाको निर्णय भएको छ।’

शर्मा अनुसार कानुनी परामर्श र राय सुझाव लिएपछि यो निर्णय कानुन अनुसार ठीक भन्ने ठहरसहित रेशमको सजाय माफीका लागि सिफारिस गरिदिएको बताएकी छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि जेठ १२ गते राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफीका लागि पठाइएको फाइल कार्यार्थ गृह मन्त्रालयमा पठाइदिएका थिए।

सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीलाई आममाफीका लागि सरकारले पठाएको फाइल उनले रायसुझावसहित गृह मन्त्रालयमा पठाइदिएका थिए।

यो समाचार शेयर गर्नुहोस्
836SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?