National life

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री अधिकारीले लिए पद तथा गोपनीयताको शपथ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ चैत २०८०, आइतबार
804Shares
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री अधिकारीले लिए पद तथा गोपनीयताको शपथ
ncell

काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसँग पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्रीसँगै माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेले समेत आजै मन्त्रीको शपथ लिएका छन् । यसअघि आइतबार बिहान मात्रै गण्डकी प्रदेश, एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल समेतको समर्थन लिएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ ९२० अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए ।

अधिकारीलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जना सांसदको समर्थन प्रदेश प्रमुखलाई बुझाइएको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र एक सांसद छन् ।

यो समाचार शेयर गर्नुहोस्
804SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?