काठमाडौँ । ई.दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार साहलाई उद्योगमन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्री साहले बिहीबार नै शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
यो पनि पढ्नुस्ः
यसअघि अभिव्यक्तिका कारण विवादमा परेकी उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री शाहले उनको स्थानमा साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का साहले अब उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्नेछन् ।


































