National life

गण्डकी प्रदेशमा स्वास्थ्य बीमितको संख्या ४९ प्रतिशत पुग्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ चैत २०८१, मङ्गलबार
821Shares
गण्डकी प्रदेशमा स्वास्थ्य बीमितको संख्या ४९ प्रतिशत पुग्यो
ncell

गण्डकी । गण्डकी प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रममार्फत बीमितको संख्या ४९ प्रतिशत पुगेको छ । नवौँ स्वास्थ्य बिमा दिवसका अवसरमा स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेश कार्यालयद्वारा सोमबार पोखरामा आयोजित कार्यक्रममा प्रदेशको कूल जनसंख्या २४ लाख ६६ हजार ४२७ रहेकामा यही चैत २५ गतेसम्म बीमित हुनेको संख्या १२ लाख सात हजार १७२ पुगेको जानकारी दिइएको हो ।

कार्यक्रममा स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खेरलले प्रदेशमा बीमित हुनेको संख्या सकारात्मकरुपमा अघि बढिरहेको बताउँदै सर्वसाधारणलाई बिमामा समेट्ने गरी प्रयास भइरहेको उल्लेख गरे । विश्वव्यापीरुपमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै अघि बढेको उल्लेख गर्दै उनले नेपालमा पनि यसलाई समयसापेक्ष सुधार गर्दै लगिएको जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालमा स्वास्थ्य बिमाप्रति सकारात्मकभन्दा पनि नकारात्मक प्रचार गर्ने प्रवृत्ति कायम रहेको बताउँदै संयोजक खेरलले सकारात्मक सूचना प्रवाह गर्दै सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गर्नुपर्ने आवश्यकता औँल्याए ।

गण्डकी प्रदेश, स्वास्थ्य मन्त्रालयका स्वास्थ्य प्रशासक एवं गण्डकी प्रदेश स्वास्थ्य बिमा संयोजन समितिका सदस्य–सचिव डा। रमेश केसीले विश्वमा १४२ वर्षअघिदेखि सुरु भएको स्वास्थ्य बिमा नेपालमा नौ वर्षयता सञ्चालनमा रहेको जानकारी दिए । शिशु अवस्थामा रहेको यस कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

सेवाग्राही, सेवा प्रदायक अस्पताल र स्वास्थ्य बिमा बोर्डको त्रिकोणात्मक समन्वय आवश्यक रहेको बताउँदै उनले यस कार्यक्रमको प्रभावकारितासँगै गुणस्तरीयता अभिवृद्धिमा जोड दिनुपर्ने बताए । उपचारमा सर्वसाधारणको सहज पहुँच पुर्याउन स्वास्थ्य बिमा कार्यक्रममा सबैलाई समेट्दै यसलाई अझै प्रभावकारी बनाउनु आवश्यक भएको उनको भनाइ छ ।

कार्यक्रममा मणिपाल शिक्षण अस्पतालका रविन्द्र ठाकुर, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका विद्या बास्तोला, दृष्टि आई अस्पतालका शिव पोख्रेल, मातृ शिशु अस्पतालका ओम थापालगायतले स्वास्थ्य बिमाको विद्यमान अवस्था, चुनौतीलगायत विषयमा आ–आफ्ना धारणा राखेका थिए । रासस

 

यो समाचार शेयर गर्नुहोस्
821SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?