National life

गौतमबुद्ध विमानस्थलबाट हालसम्मकै उच्च आवागमन, कुन एयरबाट कति भित्रिए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ फागुन २०८१, सोमबार
614Shares
गौतमबुद्ध विमानस्थलबाट हालसम्मकै उच्च आवागमन, कुन एयरबाट कति भित्रिए ?
ncell

कामठाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्मकै धेरै यात्रुले आवागमन गरेका छन्। फेब्रुअरी महिनामा भैरहवाको विमानसथलबाट ११५ उडानमार्फत ६ हजार ७७९ ले आवागमन गरेका हुन्।

भैरहवा विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फ्लाई दुबईबाट २४०३, जजिराबाट ३२६५, थाई एयर एसियाबाट १०९७ , नेपाल एयरलाइन्सबाट १ र १३ जना चार्टर उडानमार्फत आवतजावत गरेका छन्।

उक्त उडानहरूमा २११ विदेशी यात्रु थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा ४०४० जना ट्रान्जिट यात्रु रहेको तिवारीले जानकारी दिए।

नोभेम्बर २०२४ बाट उडान भएयता फेब्रुअरी महिनाका यात्रु सबैभन्दा बढी हुन्। विमानस्थलका अनुसार जनवरी २०२५ मा १३६५ यात्रु र डिसेम्बर २०२४ मा ३८७८ तथा नोभेम्बरमा ४२७९ जना यात्रुले यहाँबाट आवागमन गरेका थिए।

यो समाचार शेयर गर्नुहोस्
614SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?