National life

गौरीघाट, कोटेश्वर दोभान सहित ८ स्थानमा छठ मनाउने व्यवस्थापन गर्दै महानगर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ कात्तिक २०८१, बुधबार
1.1kShares
गौरीघाट, कोटेश्वर दोभान सहित ८ स्थानमा छठ मनाउने व्यवस्थापन गर्दै महानगर
ncell

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विभिन्न ८ स्थानमा छठ पर्व मनाउने व्यवस्था मिलाएको छ । महानगरका अनुसार छठ पर्व व्यवस्थापनका लागि महानगरले ८ स्थान निर्धारण गरेको हो ।

महानगरले गौरी घाटको वडा नं ८, कोटेश्वर दोभानस्थित वडा नं ३२, कमलपोखरीको वडा नं १ वंशी घाटको ११ नं वडा र बालाजु बाइसधाराको वडा नं १६ सहित धौखेल खोला, कुमारी क्लब तथा भुवनेश्वरी मन्दिरमा छठ पर्व मनाउन स्थल व्यवस्थापन गरिएको  महानगरले जानकारी दिएको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सबै आस्था र संस्कारहरूलाई सम्मान प्रकट गर्दै महानगरले काठमाडौँका ८ स्थानमा छठ व्यवस्थापनका लागि काम गर्दै आएको जनाउँदै छठ पर्व मनाउन पोखरी सरसफाइ, पोखरी वरिपरि रङरोगन र छठ पर्वस्थल व्यवस्थापनको काम द्रुत गतिमा गरिरहेको उनले बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?