National life

ग्राहकको खाताबाट रकम चोरी: इन्भेष्टमेन्ट मेगा बैंककी कर्मचारी पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१७ चैत २०८२, मङ्गलबार
1.3kShares
ग्राहकको खाताबाट रकम चोरी: इन्भेष्टमेन्ट मेगा बैंककी कर्मचारी पक्राउ
ncell

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा हुने ठगीका घटनाहरू बढ्दै गइरहेका बेला नेपाल इन्भेष्टमेन्ट मेगा बैंककी एक कर्मचारी ग्राहकको खाताबाट रकम दुरुपयोग गरेको आरोपमा पक्राउ परेकी छन्।

उदयपुरको गाईघाट शाखामा कार्यरत सुनिता बानियाँलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बैंककै उजुरीका आधारमा उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ।

प्रारम्भिक अनुसन्धानबाट बानियाँले ग्राहकहरूको खातामा रहेको रकम अनधिकृत रूपमा प्रयोग गरेको देखिएको प्रहरीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनको गतिविधिबारे शंका उत्पन्न भएपछि बैंक व्यवस्थापनले आन्तरिक छानबिन थालेको थियो।

छानबिनबाट रकम हिनामिना भएको पुष्टि भएपछि बैंकले औपचारिक रूपमा प्रहरीलाई जानकारी गराएको थियो। पक्राउ परेकी बानियाँ उदयपुरको त्रियुगा नगरपालिका ५ निवासी हुन्। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?