National life

चितवनमा जेन्जी आन्दोलनको क्रममा तोडफोडमा संलग्न ९३ जनामाथि मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१६ चैत २०८२, सोमबार
1.2kShares
चितवनमा जेन्जी आन्दोलनको क्रममा तोडफोडमा संलग्न ९३ जनामाथि मुद्दा दायर
ncell

काठमाडौँ। जेन्जी आन्दोलनको दोस्रो दिन, भदौ २४ गते, चितवनमा सरकारी कार्यालय, व्यक्तिका घर, राजनीतिक दलका कार्यालय र व्यवसायिक प्रतिष्ठानमा भएको तोडफोड सम्बन्धी ९३ जनाविरुद्ध प्रहरीले कारबाही सुरु गरेको छ।

प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार, जिल्लाभरका ६२ वटा सरकारी कार्यालय, १० वटा व्यक्तिगत भवन, ९ वटा राजनीतिक दलरसञ्चार माध्यम र ३ वटा व्यवसायिक स्थलमा आगजनी र तोडफोड भएको थियो। यी घटनामा संलग्न व्यक्तिमाथि हालसम्म ८४ वटा मुद्दा जिल्ला अदालतमा दर्ता भइसकेको छ।

चितवन प्रहरीले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयसँग समन्वयमा ७४ वटा आपराधिक उपद्रो, ७ वटा अभद्र व्यवहार, २ चोरी र १ लागु औषधसम्बन्धी मुद्दा अदालतमा दर्ता गरेको जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तीमध्ये ५३ जनालाई पक्राउ गरी अदालतमा पेश गरिएको छ। एसपी पुरीका अनुसार, अदालतमा हाजिर गराइएका ५३ मध्ये ४१ जनालाई धरौटीमा रिहा गरिएको छ भने १२ जनालाई पूर्पक्षका लागि थुनामा पठाइएको छ।

थुनामा पठाइएका मध्ये ५ जनालाई आपराधिक उपद्रो, २ जनालाई चोरी र १ जनालाई लागु औषध मुद्दामा थुनामा राखिएको छ। यीमध्ये ७ जना यसअघि पनि विभिन्न अपराधमा संलग्न रहेका व्यक्ति हुन्।

अभियुक्तहरूमाथि थुनामा पठाउने वा धरौटी दिने निर्णयको आधारमा सरकारी कार्यालय, राजनीतिक दल र व्यक्तिहरूले क्षतिपूर्ति विवरणसहित निवेदन पेश गरेका थिए। कार्की आयोगको प्रतिवेदन अनुसार भदौ २४ गतेका घटनामा सरकारी कार्यालय बाहेक ६ वटा राजनीतिक दलको कार्यालय र ५१ वटा व्यक्तिगत घरमा आगजनी तथा तोडफोड भएको देखिएको छ।

समग्रमा, ८६ वटा चार पाङ्ग्रे र १६६ वटा दुई पाङ्ग्रे सवारी साधनमा क्षति पुगेको छ। भाटभटेनी सुपरमार्केट पूर्ण रूपमा जलेको छ। जिल्ला भरि भएको तोडफोड र आगजनीबाट कुल १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको क्षति भएको रिपोर्ट गरिएको छ। विशेष रूपमा भाटभटेनी सुपरमार्केटले ६९ करोड ८४ लाख रुपैयाँभन्दा बढीको क्षति व्यहोरेको बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?