National life

जेन्जी आन्दोलनमा मृत्यु हुनेको संख्या ७४ पुग्यो, कोटेश्वरको भाटभटेनीमा अस्थिपञ्जर फेला

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असोज २०८२, बुधबार
939Shares
जेन्जी आन्दोलनमा मृत्यु हुनेको संख्या ७४ पुग्यो, कोटेश्वरको भाटभटेनीमा अस्थिपञ्जर फेला
ncell

काठमाडौँ । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा अस्थिपञ्जर फेला परेको छ। जेन्जी आन्दोलनका क्रममा प्रदर्शनकारीले गत २४ गते सुपरमार्केटमा आगजनी गरेका थिए ।

बुधबार बिहान भाटभटेनीको चौथो तलामा जलेको शवको अस्थिपञ्जर भेटिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले घटना जानकारी दिएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रहरीका अनुसार मृतक रामेछापको खाडादेवी गाउँपालिका–६ घर भएका र हाल ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइली हुन्। शव पोष्टमर्टमका लागि टिचिङ अस्पताल लगिएको छ।

एसपी बोहराका अनुसार मृतकको शरीर जलिसकेको हुँदा पहिचान गर्न सकिने अवस्थामा थिएन । नजिकै मृतकको मोबाइल सिम फेला परेको थियो जसबाट उनको पहिचान पुष्टि भएको हो । मृतकका परिवारले पनि प्रहरीमा विकास हराइरहेको जानकारी गराएका थिए।

यसअघि काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनीमा पनि ६ वटा अस्थिपञ्जर फेला परेका थिए । यो घटनासँगै जेन्जी आन्दोलनका दौरान ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
939SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?