National life

चिनियाँ सैन्य नेतृत्वमाथि कडा प्रहार, दुई पूर्वरक्षामन्त्रीलाई मृत्युदण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२५ वैशाख २०८३, शुक्रबार
1.3kShares
चिनियाँ सैन्य नेतृत्वमाथि कडा प्रहार, दुई पूर्वरक्षामन्त्रीलाई मृत्युदण्ड
ncell

काठमाडौं । चीनमा भ्रष्टाचारसम्बन्धी गम्भीर मुद्दामा दुई पूर्व रक्षामन्त्री ली साङ्फुवेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाइएको छ। सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, दुवैलाई प्रारम्भिक रूपमा दुई वर्षसम्म कारागारमा राखिनेछ।

निर्धारित अवधिसम्म उनीहरूले थप कुनै अपराध नगरेमा मृत्युदण्डलाई आजीवन कारावासमा रूपान्तरण गर्न सकिने व्यवस्था गरिएको छ।

ली साङ्फुलाई गत वर्ष अचानक पदबाट हटाइएको थियो भने वेई फेङ्गे पनि सैन्य भ्रष्टाचार अनुसन्धानमा तानिएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पछि सन् २०२४ मा दुवैलाई चिनियाँ कम्युनिस्ट पार्टी बाट निष्कासन गरिएको थियो।

विश्लेषकहरूका अनुसार, यो कदम राष्ट्रपति सी जिनपिङ ले अघि बढाइरहेको भ्रष्टाचारविरुद्धको अभियानको निरन्तरता हो। पछिल्ला वर्षहरूमा चिनियाँ सेना र रक्षा क्षेत्रसँग सम्बन्धित उच्च अधिकारीहरूविरुद्ध व्यापक कारबाही हुँदै आएको छ।

ली साङ्फुमाथि ठूलो मात्रामा घुस लिएको, अरूलाई घुस दिएको तथा पदको दुरुपयोग गरेको आरोप लगाइएको छ। अनुसन्धान निकायका अनुसार उनका गतिविधिले सैन्य उपकरण विकास र हतियार प्रणालीको विश्वसनीयतामा असर पारेको थियो।

यस्तै, वेई फेङ्गेमाथि पनि रक्षा मन्त्रालयसँग सम्बन्धित निर्णयहरूमा प्रभाव पारेर लाभ उठाएको र घुस लिएको अभियोग पुष्टि भएको छ। उनी चिनियाँ सेनाको महत्त्वपूर्ण संरचना मानिने रकेट फोर्सका पूर्व कमान्डर समेत रहेका थिए, जसले देशको मिसाइल तथा परमाणु क्षमता व्यवस्थापन गर्छ।

अनुसन्धानको केन्द्रमा पीएलए रकेट फोर्स र सैन्य हतियार खरिद प्रणाली रहेको बताइएको छ, जहाँ ठूला ठेक्का र सम्झौतामा अनियमितता भएको आशंका गरिएको छ।

यो सम्पूर्ण छानबिन सेन्ट्रल मिलिट्री कमिसन अन्तर्गतका निकायहरूले सञ्चालन गरेका थिए। उक्त निकाय चीनको सर्वोच्च सैन्य संरचना हो, जसले पिपुल्स लिबरेसन आर्मी लगायत सुरक्षासम्बन्धी निकायहरूलाई नियन्त्रण गर्छ।

पछिल्लो समय चीनको सैन्य तथा एरोस्पेस क्षेत्रका धेरै उच्च पदस्थ अधिकारीहरूलाई पदमुक्त गर्ने क्रम जारी छ, जसलाई भ्रष्टाचार नियन्त्रण र आन्तरिक अनुशासन कडाइ गर्ने प्रयासका रूपमा हेरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?