National life

जेष्ठ महिनाका लागि ब्याजदर बढाएका र घटाएका यी ६ बैंक, कुनले कति प्रतिशत दिँदैछन् ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ वैशाख २०८२, बुधबार
650Shares
जेष्ठ महिनाका लागि ब्याजदर बढाएका र घटाएका यी ६ बैंक, कुनले कति प्रतिशत दिँदैछन् ?
ncell

काठमाडौँ। जेठ १ गतेदेखि लागू हुने गरी बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जस अनुसार अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका हुन् । वैशाख महिनाको तुलनामा जेठमा वाणिज्य बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.०२ प्रतिशत घटेर ५.९५ प्रतिशतमा झरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, संस्थागततर्फ औसत ०.०१ प्रतिशत बढेर ४.३७ प्रतिशत पुगेको छ ।  जेठ महिनाका लागि एभरेस्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) ले ब्याजदर परिवर्तन गरेका छन् । जसमा एभरेस्ट, नेपाल बैंक र सानिमा बैंकले ब्याजदर बढाएका छन् भने कुमारी, सिद्धार्थ बैंक र एनआईएमबिले ब्याजदर घटाएका छन् ।

एभरेष्टले मुद्दती निक्षेपमा ०.०३ प्रतिशत बढाएर व्यक्तिगततर्फ ६.६४ प्रतिशत र संस्थागततर्फ ५.६४ प्रतिशत तोकेका छन् । यस्तै, सानिमा बैंकले व्यक्तिगततर्फ ०.३८ प्रतिशत बढाएर ६.३३ प्रतिशत र संस्थागततर्फ ०.३० प्रतिशत बढाएर ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

साथै, नेपाल बैंकले व्यक्तिगततर्फ ०.३० प्रतिशत बढाएर ५.४५ प्रतिशत ब्याजदर तोकेको छ । तर, संस्थागतमा भने स्थिर राखेको छ। भने कुमारीले ०.०१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.९१ प्रतिशत र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

यस्तै, सिद्धार्थ बैंकले ०.२५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) ले व्यक्तिगततर्फ १ प्रतिशत घटाएर ५.५ प्रतिशत र संस्थागततर्फ ०.०६ प्रतिशत घटाएर ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।  यी बाहेक बाकी १४ वटा बैंकको ब्याजदर भने वैशाख महिनाकै कायम गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
650SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?