काठमाडौँ । मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्याको तीव्र वृद्धि आएको छ । पछिल्लो ९ महिनाको अवधिमा यस्तो संख्या २ करोड ७० लाख नाघेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ७० लाख १२ हजार २ पुगेको हो। गत असार मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४६ लाख ४८ हजार ८४६ थियो।
पछिल्लो नौ महिनाको अवधिमा ९.५८ प्रतिशत मोबाइल बैंकिङ प्रयोगकर्ता बढेका हुन् । चालु आर्थिक वर्षको चैतसम्म मोबाइल बैंकिङबाट ४ खर्ब ४० अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
गत असारसम्म यस्तो कारोबार३ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
































