National life

डुबानमा परी हालसम्म एक सय ९२ जनाको मृत्यु, ३० जना बेपत्ता खोजीकार्य जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ असोज २०८१, सोमबार
976Shares
डुबानमा परी हालसम्म एक सय ९२ जनाको मृत्यु, ३० जना बेपत्ता खोजीकार्य जारी
ncell

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानमा परी हालसम्म एक सय ९२ जनाको मृत्यु भएको छ । उक्त बाढी पहिरो सहितको डुबानमा ३० जना बेपत्ता रहेका छन् ।

प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको छ । बाढी पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको मन्त्रालयको जानकारी छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बाढी पहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको मन्त्रालयको भनाई छ । साथै मानवीयसँगै ठुलो मात्रामा भौतिक क्षति समेत भएको र भौतिक क्षतिको भने यकिन तथ्याकं आउन बाकी रहेको मन्त्रालयले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
976SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?