National life

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा १ खर्ब १० अर्ब निक्षेप खिचिँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१७ फागुन २०८२, आइतबार
591Shares
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा १ खर्ब १० अर्ब निक्षेप खिचिँदै
ncell

काठमाडौं – बैंक तथा वित्तीय संस्थामा अत्यधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले सोही तरलता व्यवस्थापनका लागि बजारबाट आज एकैपटक १ खर्ब १० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको हो।

तरलता नियन्त्रणका लागि केन्द्रीय बैंकले फागुन १७ गते ८७ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गर्ने जनाएको छ। उक्त निक्षेपको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १३ गते गरिनेछ।

बोलपत्र पेश गर्दा न्यूनतम १० करोड रुपैयाँ र सोभन्दा माथि ५ करोड रुपैयाँको गुणनफलमा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। निक्षेप संकलन पूर्ण रूपमा बोलकबोल ब्याजदरमा आधारित हुनेछ र सहभागी संस्थाहरूले बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

केन्द्रीय बैंकका अनुसार प्राप्त बोलपत्रहरूको मूल्यांकन गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइनेछ। सोही आधारमा आह्वान गरिएको कुल रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।

कर्जा विस्तारमा देखिएको सुस्तताका कारण बजारमा थुप्रिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न यस्तो निक्षेप संकलन उपकरण प्रयोग गरिएको केन्द्रीय बैंकले स्पष्ट पारेको छ।

यो समाचार शेयर गर्नुहोस्
591SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?