National life

अत्यधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्धारा आज फेरि १० अर्बको ऋणपत्र निष्कासन

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२४ पुस २०८२, बिहिबार
594Shares
अत्यधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्धारा आज फेरि १० अर्बको ऋणपत्र निष्कासन
ncell

काठमाडौं। बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिँदै गएपछि नेपाल राष्ट्र बैंकले पछिल्लो समय निरन्तर रूपमा ऋणपत्र निष्कासन गर्दै आएको छ। सोही क्रममा आज केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ।

नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘च’ नामक ऋणपत्र एक वर्ष अवधिका लागि बोलकबोल प्रक्रियामार्फत निष्कासन गर्ने जनाएको हो। यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ऋणपत्रको बोलकबोल ब्याजदरका आधारमा गरिनेछ। बैंक तथा वित्तीय संस्थाहरूले एकल वा बहुब्याजदरमा पनि बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ। आह्वान गरिएको ऋणपत्रको बाँडफाँट गर्दा, प्राप्त बोलपत्रहरूलाई ब्याजदरको सानोदेखि ठूलो क्रममा क्रमबद्ध गरी आह्वान गरिएको रकम वा समितिले निर्धारण गरेको बाँडफाँट सीमासम्म कायम हुने ब्याजदरलाई एकल ब्याजदर निर्धारण गरिनेछ। सोही एकल ब्याजदर तथा सोभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने संस्थाहरूलाई ऋणपत्र बिक्री गरिने केन्द्रीय बैंकले स्पष्ट पारेको छ।

यस्तै, ऋणपत्र निष्कासनको मितिमा काउण्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा स्वीकृत बोल रकम स्वतः रद्द गरिनेछ। साथै, त्यस्ता काउण्टरपार्टीलाई स्वीकृत बोल रकमको २।५० प्रतिशत हर्जाना लगाइने र छ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका कुनै पनि बोलकबोल प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
594SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?