National life

तीनकुने घटनाबारे जवाफ दिन पूर्वराजा शाहलाई संसदमा बोलाउन सांसदहरूको प्रस्ताव

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ चैत २०८१, शुक्रबार
1.1kShares
तीनकुने घटनाबारे जवाफ दिन पूर्वराजा शाहलाई संसदमा बोलाउन सांसदहरूको प्रस्ताव
ncell

काठमाडौँ। तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदमा बोलाउने सांसदहरूले प्रस्ताव गरेका छन् । उक्त घटनामा ज्ञानेन्द्र जबाफदेही हुनुपर्ने भन्दै सांसदहरूले जवाफ लिने गरी संसदीय समितिमा बोलाउनुपर्ने धारणा राखेका छन् ।

कांग्रेस सांसद जीवन परियारले कानुन, न्याय तथा मानव अधिकार समितिमै बोलाएर घटनाबारे सोधपुछ गर्नुपर्ने बताए । पूर्वराजा ज्ञानेन्द्र आम नागरिक सरह रहेको बताउँदै उनले लोकतन्त्रमाथि धावा बोल्ने र अराजकता मच्चाउने अधिकार नभएको भन्दै जवाफ माग गर्नुपर्ने बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादीका सांसदहरूले पनि तीनकुने घटनाबारे पुर्वराजा ज्ञानेन्द्र शाहलाई जबाफदेही बनाउनुपर्ने माग राखेका छन् ।

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजवादीको प्रदर्शनको क्रममा दुई जनाको ज्यान गएको छ । निजी सम्पत्तिमा क्षति पुगेको छ । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी भएको छ ।

चैत १५ गते तीनकुनेमा भएको सोही हिंसात्मक आन्दोलनका मुख्य आरोपित दुर्गा प्रसाईँ र उनका अङ्गरक्षक दीपक खड्कालाई प्रहरी पक्राउ गरेर आजै काठमाडौँ ल्याएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?