National life

 दशैं विशेषः दरबारमार्गमा ब्राण्डेड सामानमै ५० देखी ७० प्रतिशतसम्म छुट 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ असोज २०८१, शुक्रबार
690Shares
 दशैं विशेषः दरबारमार्गमा ब्राण्डेड सामानमै ५० देखी ७० प्रतिशतसम्म छुट 
ncell

काठमाडौँ । हिन्दु नेपालीहरूकै मुख्य चाड मानिने दशै सुरु भएसँगै बजारमा किनमेल र व्यापारको चहलपहल बढेको छ । दशैंतिहार तथा छठजस्ता चाडपर्व सुरु हुनुभन्दा एक महिना अगाडिदेखि नै विभिन्न अटो कम्पनी तथा मोटरसाइकल, स्कुटर विक्रेता कम्पनीहरूले पनि एक्सचेन्ज लाखौँ रुपैयाँसम्मको क्यास ब्याकको अफर सार्वजनिक गरिसकेका छन् ।

साथै,दशैंको आगमनसँगै काठमाडौँ उपत्यकाकै सबैभन्दा ठुलो तथा महँगो व्यापारिक क्षेत्र मानिने दरबारमार्गका अधिकांश पसलहरूमा ठुलठुलो अक्षरमा आकर्षक सेल तथा अफरहरूको बोर्ड राखेका छन् । दरबारमार्गमा रहेको एरिक, पिक एडिडासजस्ता ठुला ब्रान्डहरूले यस वर्षको दशै तिहार विशेष अफर अन्तर्गत हरेक समानको खरिदमा १० देखी ७० प्रतिशतसम्म छुट दिइरहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

                                             यो दशैंमा कुन ब्रान्डका अफर कस्तो ?

केल्मी (KELME)

काठमाडौँको दरबार मार्गमा रहेको केल्मीले आफ्ना कुनै पनि अन्तर्राष्ट्रिय गुणस्तरको सामानहरू खरिद गर्दा १० देखि ३३ प्रतिशतसम्मको छुट पाउने व्यवस्था गरेको छ। कम्पनीका अनुसार यस वर्षको दशैं तिहारलाई लक्षित गरेर दिइरहेको यो छुट असोज ४ गते देखी ३३ दिनसम्म कायम रहने जनाएको छ ।

जोमा (JOMA)

जोमाले पनि ठुलो उत्सव प्रस्ताव अन्तर्गत यस वर्षको दसैँ तथा तिहारलाई लक्षित गरेर अधिक किन्नुहास्, अधिक बचत गर्नुहोस् अफर ल्याएको छ । जसअन्तर्गत ३ वा बढी बस्तुहरू किन्दा २० प्रतिशत छुट,२ वस्तुहरू किन्दा १५ प्रतिशत र हरेक सामान किन्दा १० प्रतिशत र छानिएका बस्तुहरू किन्दा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।

यस्तै सियोर सट क्यासब्याक अन्तर्गत अहिले नै किनमेल गर्दा प्रत्येक खरिदमा क्यासब्याकको ग्यारेन्टी जोमाले गरेको छ ।

पिक÷ एरिक पिक र एरिकले पनि दसैँ सेल योजना अन्तर्गत यस वर्षको चाडपर्वमा आफ्ना हरेक सामानको खरिदमा १५ प्रतिशत सम्म र १२ हजार भन्दा माथिको खरिदमा थप ५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

पुमा
लोकप्रिय ब्रान्ड पुमाले यस वर्षको ठुला चाडपर्वलाई लक्षित गरेर आफ्नो ब्रान्डका सामानहरूको खरिदमा ५० प्रतिशत भन्दा माथिको छुट पाउने व्यवस्था गरेको छ ।

एन्टा (ANTA)

एन्टाले पनि विग फेष्टिभ अफर अन्तर्गत धेरै किनौँ, धेरै बचत गरौँ अफर ल्याएको छ । जसअन्तर्गत एन्टा ब्रान्डका हरेक सामानको खरिदमा ५० प्रतिशतभन्दा माथिको छुट पाउन सकिन्छ भने सियोर सट क्यासब्याक योजना समेत एन्टाले दिएको छ ।

एडिडास (ADIDAS) 

एडिडासले यस वर्षको दश तिहारलाई लक्षित गरेर आफ्ना हरेक सामानको खरिदमा ६० प्रतिशत माथिको छुट दिने व्यवस्था गरेको छ ।

रीबुक(Reebok )

रीबुकले पनि आफ्ना ब्रान्डका नयाँ कलेक्सनहरूमा १० प्रतिशत सम्मको छुट पाउने व्यवस्था गरेको छ । भने पुराना सामानको खरिदमा ५० प्रतिशतसम्मको छुट दिने व्यवस्था गरेको छ ।

ली–निङ (Li-Ning)

फेष्टिभ सेल अन्तर्गत ली–निङले पनि आफ्ना ब्रान्डका हरेक सामानको खरिदमा ७० प्रतिशतभन्दा माथिको छुट दिने व्यवस्था गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
690SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?