National life

दोर्दी खोला जलविद्युतको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ वैशाख २०८२, सोमबार
569Shares
दोर्दी खोला जलविद्युतको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
ncell

काठमाडौं । दोर्दी खोला जलविद्युतको १ सय प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले चैत १९ गतेदेखि १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गरेको थियो ।

कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त हकप्रद सेयरका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । फागुन १४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद शेयरको दाबी गर्न पाउनेछन् । यसको हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।

सानिमा क्यापिटल नक्साल काठमाडौं र सानिमा बैंकको तोकिएको शाखा कार्यालयबाट पनि शेयरका लागि आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक–वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

दोर्दी खोलाको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
569SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?