National life

नारायणी डेभलपमेन्ट बैंकको घाटा चुलियो,खुद ब्याज आम्दानीमा ८१.१४ % ले गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ वैशाख २०८२, मङ्गलबार
1.2kShares
नारायणी डेभलपमेन्ट बैंकको घाटा चुलियो,खुद ब्याज आम्दानीमा ८१.१४ % ले गिरावट
ncell

काठमाडौं। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १ करोड २६ लाख रुपैयाँ खुद घाटामा रहेको छ। गत वर्षको यही अवधिमा बैंक ४२ लाख ७१ हजार रुपैयाँ नोक्सानीमा थियो । गत वर्षको तुलनामा यस बर्ष बैंकका नोक्सानी झन् बढेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ८१.१४ प्रतिशतले घटेर १२ लाख २० हजार रुपैयाँ कायम भएको छ। गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६४ लाख ६९ हजार रुपैयाँ थियो।

यो अवधिमा बैंकको चुक्ता पुँजी २६ करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० करोड ५४ लाख रुपैयाँ छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४.८३ रुपैयाँ नोक्सानीमा रहेको छ । भने बैंकको प्रतिसेयर नेटवर्थ १८.६२ रुपैयाँ रहेको प्रकाशित विवरणमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?