National life

निर्जीवन बीमा कम्पनीको व्यवसाय ११ महिनामा ३९ अर्ब बढी, अर्ब क्लबमाथि पाँच कम्पनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ असार २०८२, बिहिबार
828Shares
निर्जीवन बीमा कम्पनीको व्यवसाय ११ महिनामा ३९ अर्ब बढी, अर्ब क्लबमाथि पाँच कम्पनी
ncell

काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको ११ महिनामा ३९ अर्ब रुपैयाँ भन्दा बढीको व्यापार गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको जेठ मसान्तसम्म कम्पनीहरूले २५ लाख ८७ हजार ३१५ बीमालेख जारी गरी ३९ अर्ब तीन करोड ४४ लाख बराबरको बीमा शुल्क संकलन गरेका छन् । पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय विस्तारमा सुधार देखिएको छ।

गत आवको सोही अवधिको तुलनामा उक्त रकम ६.९२ प्रतिशत अर्थात् दुई अर्ब ७० करोड ४५ लाख रुपैयाँले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आवको सोही अवधिमा कम्पनीहरूले २३ लाख ८ हजार ७९२ बीमालेख जारी गरी ३६ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।

प्राधिकरणका अनुसार जेठ मात्रै कम्पनीहरूले दुई लाख २८ हजार ८०४ बीमालेख बिक्री गरी तीन अर्ब ३९ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । प्राधिकरणका अनुसार शिखर इन्स्योरेन्सले २ लाख ७५ हजार ३५४ बीमालेख जारी गरी पाँच अर्ब नौ करोड नौ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

गत वर्षको सोही अवधिमा कम्पनीले २ लाख ८५ हजार ७३२ बीमालेख जारी गरी चार अर्ब ८९ करोड ६६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको व्यापार १९ करोड ४३ लाख अर्थात् ३.९६ प्रतिशतले बढी हो ।

त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले दुई लाख ५४ हजार ४५४ बीमालेख बिक्री गरी चार अर्ब ५० करोड ३७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको भने सिद्धार्थ प्रिमियरले दुई लाख ७३ हजार ४९४ बीमालेख बिक्री गरी ३ अर्ब ९० करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

साथै, यस अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले दुई लाख ५१ हजार ७५६ बीमालेख जारी गर्न तीन अर्ब ५१ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको भने आईजीआई प्रुडेसिन्यलले तीन अर्ब ३९ करोड ३७ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

प्राधिकरणका अनुसार यस अवधिमा नेपाल इन्स्योरेन्सले एक अर्ब ८४ करोड ४२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्सले दुई अर्ब ४२ करोड ५३ लाख रुपैयाँको व्यापार गरेको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ३१ करोड ५० लाख रुपैयाँ बीमाशुल्क उठाएको छ।

चालु आवको ११ महिनामा नेको इन्स्योरेन्सले दुई अर्ब ९५ करोड ८५ लाख र प्रभु इन्स्योरेन्सले एक अर्ब ५७ करोड ९५ लाख, एनएलजी इन्स्योरेन्सले दुई अर्ब ७४ करोड ३३ लाख रुपैयाँ र सानिमा जिआईसीले दुई अर्ब ३६ करोड तीन लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

जेठ मसान्तसम्म युनाइडेड अजोड इन्स्योरेन्सले दुई अर्ब ४१ करोड ८६ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । प्राधिकरणका अनुसार चालु आवको यस अवधिमा अधिकांश कम्पनीले अबौंको व्यवसाय गरेका छन् गर्दा नेशनल इन्स्योरेन्सले भने ९७ करोड ७६ लाख ६१ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
828SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?