National life

निर्जीवन बीमाको लगानी ६४ अर्ब बढी : उत्पादन क्षेत्रमै कमजोर लगानी, के हो कारण ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०४ फागुन २०८२, सोमबार
1.3kShares
निर्जीवन बीमाको लगानी ६४ अर्ब बढी : उत्पादन क्षेत्रमै कमजोर लगानी, के हो कारण ?
ncell

काठमाडौँ। निर्जीवन बीमा कम्पनीहरूको लगानी ६४ अर्ब नाघेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूको कुल लगानी ६४ अर्ब २८ करोड २३ लाख रुपैयाँ पुगेको हो।

बैंक मुद्दती निक्षेपमै ७२ प्रतिशत बढी लगानी

कुल लगानीमध्ये सबैभन्दा ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा रहेको छ। निर्जीवन बीमकहरूले ४६ अर्ब ५१ करोड ३ लाख रुपैयाँ मुद्दती निक्षेपमा राखेका छन्, जुन कुल लगानीको ७२.३५ प्रतिशत हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निर्जीवन बीमा कम्पनीहरूले ‘क’ वर्गका बैंकमा ४१ अर्ब ३१ करोड ४ लाख रुपैयाँ, ‘ख’ वर्गका बैंकमा ४ अर्ब १९ करोड ६३ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्तीय संस्थामा १ अर्ब ३५ लाख रुपैयाँ लगानी गरेका छन्। यसले निर्जीवन बीमा कम्पनीहरूको लगानी संरचना अझै पनि सुरक्षित र स्थिर प्रतिफलमुखी साधनमा केन्द्रित रहेको देखाउँछ।

मुद्दती निक्षेपबाहेक बीमकहरूले अन्य वित्तीय उपकरणमा पनि लगानी विस्तार गरेका छन्। सरकारी बचतपत्र तथा ऋणपत्रमा ६३ करोड ३५ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको सेयरमा ५ अर्ब ३६ करोड ८ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ३ अर्ब १५ करोड २ लाख रुपैयाँ त्यस्तै, सूचीकृत कम्पनीको बन्ड, डिबेन्चर तथा ऋणपत्रमा १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ, नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा १ अर्ब ५१ करोड ९१ लाख रुपैयाँ र इन्भेस्टमेन्ट कम्पनीको सेयरमा १७ करोड २१ लाख रुपैयाँ लगानी गरेका हुन् ।

साथै, त्यसबाहेक पनि अन्य संस्थापक सेयरमा २ अर्ब ७४ करोड १३ लाख रुपैयाँ, सूचीकृत नभएका पब्लिक कम्पनीको सेयरमा २ करोड ७४ लाख रुपैयाँ लगानी गरेका हुन्।

पूर्वाधार र उत्पादन क्षेत्रमा सीमित लगानी

निर्जीवन बीमा कम्पनीहरूले साउनदेखि पुससम्मको अवधिमा कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन, जलविद्युत, सौर्य ऊर्जा लगायत नवीकरणीय ऊर्जा, केबलकार, सडक, विद्युत् प्रसारण लाइन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा १ अर्ब १० करोड ७२ लाख रुपैयाँ लगानी गरेका छन् । अन्य क्षेत्रमा भने १ अर्ब १४ करोड ५२ लाख रुपैयाँ लगानी भएको देखिन्छ। प्राधिकरणको तथ्यांक अनुसार उत्पादन र पूर्वाधार क्षेत्रमा लगानी विस्तारको सम्भावना पर्याप्त मात्रामा देखिए पनि बीमा कम्पनीहरूले सीमित मात्रामा लगानी गरेका हुन् ।

लघु निर्जीवन बीमकको लगानी २ अर्ब ५० करोडभन्दा बढी

सञ्चालनमा रहेका ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्म कुल २ अर्ब ५० करोड ९१ लाख रुपैयाँ लगानी गरेका छन्। सबैभन्दा बढी लगानी गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ, जसले ८१ करोड १९ लाख रुपैयाँ लगानी गरेको छ। त्यस्तै उक्त समीक्षा अवधिमा स्टार माइक्रो इन्स्योरेन्सले ५८ करोड ७० लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ५६ करोड ६२ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ५४ करोड ३८ लाख रुपैयाँ लगानी गरेका हुन् ।

त्यस्तै, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ३१ करोड ६३ लाख रुपैयाँ लगानी गरिएको छ। यसमध्ये स्टार माइक्रो इन्स्योरेन्सले भने साधारण सेयरमा लगानी गरेको तथ्यांकमा उल्लेख छैन। बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर तथा ऋणपत्रमा ७३ लाख रुपैयाँ लगानी रहेको छ, जसमा नेपाल माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्स मात्र संलग्न छन्। नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा चार कम्पनीले संयुक्त रूपमा ९० लाख रुपैयाँ लगानी गरेका छन्, जसमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले भने लगानी देखिएको छैन । समग्रमा, निर्जीवन बीमा कम्पनीहरूको लगानी आकार उल्लेख्य रूपमा बढ्दै गए पनि लगानी संरचना अझै बैंक मुद्दती निक्षेपमै अत्यधिक निर्भर देखिन्छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?