National life

निर्माण व्यवसायीको धर्ना, सरकारसँग तत्काल राहतको माग

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०४ जेठ २०८३, सोमबार
1.2kShares
निर्माण व्यवसायीको धर्ना, सरकारसँग तत्काल राहतको माग
ncell

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले तय गरेको आन्दोलन कार्यक्रम अन्तर्गत आज खानेपानी तथा ढल व्यवस्थापन विभाग र शहरी विकास तथा भवन निर्माण विभागमा ज्ञापनपत्र पेश गर्दै विरोध जनाएको छ। महासंघ अन्तर्गतको एशोसिएट सदस्य समन्वय समितिले सम्बन्धित विभागका महानिर्देशकहरूलाई मागपत्र बुझाएर करिब आधा घण्टा धर्ना पनि दिएको हो।

समितिका संयोजक नवराज श्रेष्ठले निर्माण क्षेत्रमा बढ्दो लागतका कारण सिर्जिएको संकटबारे ध्यानाकर्षण गराउँदै तत्काल समाधान खोज्न आग्रह गरे। विभागका महानिर्देशकहरूले पनि इन्धन, निर्माण सामग्री र अन्य लागतमा आएको निरन्तर वृद्धिका कारण उद्योग प्रभावित भएको स्वीकार गर्दै समस्या समाधानका लागि पहल भइरहेको बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले व्यवसायीलाई राहत पुग्ने गरी छिट्टै आवश्यक निर्णय गर्ने आश्वासन दिएको उनीहरूको भनाइ छ। पछिल्लो समय मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धन, ढुवानी, श्रमिक तथा निर्माण सामग्रीको मूल्य अप्रत्याशित रूपमा बढ्दा धेरै आयोजना प्रभावित भएको भन्दै व्यवसायीहरू आन्दोलित भएका हुन्।

महासंघका महासचिव शिवहरि घिमिरेका अनुसार केन्द्रको निर्देशनअनुसार देशभरका प्रदेश र जिल्ला स्तरका निर्माण व्यवसायी संघहरूले मूल्य समायोजनको माग गर्दै विभिन्न आन्दोलनका कार्यक्रम सञ्चालन गरिरहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?