National life

नेपाल इन्स्योरेन्सको भोलि विशेष साधारण सभा बस्ने,४० प्रतिशत हकप्रद जारी हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ जेठ २०८१, बिहिबार
920Shares
नेपाल इन्स्योरेन्सको भोलि विशेष साधारण सभा बस्ने,४० प्रतिशत हकप्रद जारी हुँदै
ncell

काठमाडौं । नेपाल इन्स्योरेन्सको भोलि शुक्रबार जेठ ४ गते विशेष साधारण सभा बस्ने भएको छ । हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्न कम्पनीले विशेष साधारण सभा बोलाएको जनाएको हो ।

सभा नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे सुरु हुने कम्पनीले जानकारी दिएको छ ।

सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विशेष सभाबाट प्रस्ताव पारित भएपछि निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ । बोर्डले अनुमति दिएपछि मात्र हकप्रद निष्कासन प्रकृया अघि बढ्नेछ । यस्तै, नियामक बीमा प्राधिकरणबाट पनि पूर्वअनुमति लिएको हुनुपर्ने कानुनी प्रावधान विद्यमान छ।

सभा प्रयोजनका लागि कम्पनीले वैशाख २७ गते बुक क्लोज गरिसकेको छ । वैशाख २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भाग लिन पाउनेछन् ।

हाल नेपाल इन्सुरेन्सको हाल चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँ रहेको छ । यस पुँजीमा ४० प्रतिशत हकप्रद सेयर भएपछि चुक्ता पुँजी २ अर्ब ३० करोड १९ लाख ३८ हजार ७१६ रुपैयाँ पुग्नेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
920SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?