National life

नेपाल गरिखाने मान्छेहरूको देश हो भन्ने बनाउँछौँः अर्थमन्त्री वाग्ले

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१८ चैत २०८२, बुधबार
1.4kShares
नेपाल गरिखाने मान्छेहरूको देश हो भन्ने बनाउँछौँः अर्थमन्त्री वाग्ले
ncell

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई “गरिखाने मान्छेहरूको देश”का रूपमा स्थापित गर्ने लक्ष्यसहित अर्थतन्त्रलाई सबल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँगको भेटमा उनले सरकारको प्राथमिकता नै अर्थतन्त्र सुदृढ बनाउनु रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई निर्धक्क भएर लगानी गर्न र व्यवसाय विस्तार गर्न आग्रह गरे।

मन्त्री वाग्लेले इमानदार व्यवसायीहरूलाई राज्यका तर्फबाट कुनै पनि प्रकारको अनावश्यक झन्झट वा हैरानी नहुने स्पष्ट पार्दै त्यस्तो अवस्था अन्त्य गर्ने ग्यारेन्टीसमेत गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
“तपाईंहरूलाई उड्ने र फैलने वातावरण राज्यले तयार गर्छ,” उनले भने, “देश बनाउने दृढ संकल्पका साथ हामी आएका छौं, आउनुस् अर्थतन्त्र बलियो बनाउन हातेमालो गरौं।”

उनले रोजगारी सिर्जना गर्ने उद्योगी–व्यवसायीहरूले अब सरकारी निकायबाट दुःख नपाउने आश्वासन दिँदै इमानदार लगानीकर्तालाई राज्यले पूर्ण साथ दिने बताए। तर, नियोजित त्रुटि, कर छल्ने प्रवृत्ति वा बेइमानीप्रति भने सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनीसमेत दिए।

उद्योग तथा अर्थतन्त्रको विकासका लागि आवश्यक नीतिगत सुधारबारे सुझाव दिन उनले निजी क्षेत्रलाई आह्वान गर्दै प्राप्त सुझावहरू कार्यान्वयन गर्न सरकार तयार रहेको बताए।

यसै क्रममा, नेपाल अल्पविकसित मुलुक (LDC) बाट स्तरोन्नति हुने विषयमा निजी क्षेत्रले उठाएको चिन्ताप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री वाग्लेले तत्काल हतारमा निर्णय नगर्ने संकेत दिए। निजी क्षेत्रका समस्या र चासोलाई गम्भीरतापूर्वक लिइएको बताउँदै उनले मुलुकको समग्र विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको धारणा राखे।

भेटका क्रममा चेम्बर अफ कमर्सका पदाधिकारीहरूले अर्थतन्त्र सुधार, लगानीमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रलाई आवश्यक सहजीकरणबारे आफ्ना सुझावहरू अर्थमन्त्रीसमक्ष राखेका थिए।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?