National life

नेपाल विद्युत प्राधिकरणले ६ महिनामा कमायो ११ अर्ब ३६ करोड रुपैयाँ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ फागुन २०८१, शुक्रबार
870Shares
नेपाल विद्युत प्राधिकरणले ६ महिनामा कमायो ११ अर्ब ३६ करोड रुपैयाँ
ncell

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । शुक्रबार प्राधिकरणले पहिलो ६ महिनाको हिसाव-किताव सार्वजनिक गरेको हो ।

प्राधिकरणले उक्त अवधिमा विद्युत् बिक्री, ब्याज तथा अरू गरीबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनामा ५९ अर्ब आठ करोड रुपैयाँ खर्च गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसरी चालु आवको साउनदेखि पुस मसान्तसम्म अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत् बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ । यो अवधिमा प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीबाट एक अर्ब १५ करोड र अरू निजी उत्पादक कम्पनीबाट पाँच अर्ब १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत् खरिद गरिएको छ । खरिद गरिएको विद्युत्का निम्ति ३४ अर्ब ८४ करोड रुपैयाँ भुक्तानी गरिएको प्राधिकरणले जानकारी गराएको छ ।

यो समाचार शेयर गर्नुहोस्
870SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?