National life

पक्राउ परेका पूर्व सभामुख महरालाई सिआईबी कार्यालय पुर्‍याइयो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ चैत २०८०, सोमबार
1.3kShares
पक्राउ परेका पूर्व सभामुख महरालाई सिआईबी कार्यालय पुर्‍याइयो
ncell

काठमाडौं । सुन तस्करी प्रकरणमा आज दिउँसो पक्राउ परेका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ।

उनलाई एयरपोर्टबाट सिधै सिआईबी कार्यालयमा पुर्याइएको हो । महरालाई कपिलवस्तुको पकडीबाट प्रहरीले सोमबार नियन्त्रणमा लिइएको थियो । नियन्त्रणपछि उनलाई भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट सीआईबीको कार्यालय लगिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुन तस्करी सम्बन्धमा छानबिन गर्न जाँचबुझ आयोगले भेपमार्फत् भएको सुन तस्करीमा महरा दोषी देखिएकोले कारबाही गर्न सिफारिश गरेपछि प्रहरीले महरालई उच्च निगरानीमा राखेको थियो । उनका छोरा राहुल महरा पनि भेपमार्फत भएको सुन तस्करी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?