National life

पाँच ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ असार २०८१, शुक्रबार
690Shares
पाँच ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध
ncell

काठमाडौं । कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडकमा अवरुद्ध भएको छ। करिडोरको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेले पालेतडा–पादुका खोला बीचको खण्डका पाँच ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको बताए। अवरुद्ध सडक खोल्न नेपाल प्रहरी र सशस्त्र प्रहरी को टोली परिचालन गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी, मध्यपहाडी राजमार्गको रुकुमखण्ड पनि पहिरोले अवरुद्ध भएको छ। रुकुमपश्चिमको मुसिकोट नगरपालिका–८ किटनीमा बिहीबार साँझ खसेको पहिरोले सडकमा गाडी चल्न सकेका छैनन्।

रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बाटो खुलाउने प्रयास जारी रहेको जानकारी दिए। रासस

 

यो समाचार शेयर गर्नुहोस्
690SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?